फोरम लोकतान्त्रिकका २ केन्द्रीय सदस्यसहित ३ सयद्वारा राजीनामा

 सोमवार, चैत्र ७, २०७३ | onlinenews

मणि प्रसाद गैह्रे, कपिलवस्तु । मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदारको कार्यशैलीप्रति असंतुष्टी जनाउँदै फोरम लोकतान्त्रिकका २ केन्द्रीय सदस्यसहित ३ सय जना नेता कार्यकर्ताहरुले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । कपिलवस्तुको तौलिहवामा पत्रकार सम्मेलन गर्दै पार्टीका केन्द्रीय सदस्यद्वय जैसराम यादव र दिपेन्द्रनाथ शुक्लाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी परित्याग गरेका हुन् । यस्तै, जिल्ला सहसचिव कुमारी निलु गुप्ता, जिल्ला कोषाध्यक्ष राकेश पाण्डेय, कार्य समिति सदस्य राम बेलास कोहार, रामबृक्ष यादव, शैलेन्द्रनाथ शुक्ला, ओमप्रकाश कुर्मी, ३ नम्बर क्षेत्रीय अध्यक्ष राकेश श्रीस्वस्तव, कपिलवस्तु नगरपालिका नगर अध्यक्ष बिश्वनाथ यादवले समेत राजीनामा दिएका छन् । मधेशमा आन्दोलनको उपलब्धिलाई रक्षा गर्नुको साटो बर्तमान सरकारलाई पार्टी अध्यक्ष गच्छदारले समर्थन गरकोले आफुहरु पार्टीबाट अलग भएको केन्द्रीय सदस्य शुक्लाले बताए । ूहामीले संविधानलाई बहिस्कार गर्ने दिएको सुझावको बेवास्ता गरिएको छ, उल्टै सरकारसँग मिलेर काम गर्न खोजिएको छ’, उनले भने ।

प्रतिकृया

Add