फरार भए सह लेखापाल भण्डारी

 सोमवार, चैत्र ७, २०७३ | onlinenews

रामेछाप ७ चैत । महिला तथा वालवालीकाको कार्यालय रामेछापका सह लेखापाल दिपेश भण्डारी फरार भएका छन् । कामको शिल शिलामा आईतवार महिला तथा वाल वालीकाको कार्यालयमा पुगेका सेवाग्राहिहरुलाई जागिरको आडमा सहलेखापाल भण्डारीले आफनो निर्देसन नमान्ने सडक छाप अपाङ्गता भएका हरुलाई सडकमै जान भनेर उनिहरु माथि अभद्र व्यवहार गिरेका थिए ।
सोहि गुनासोका आधारमा प्रजिअ सुर्य वहादुर खत्रीले आफुलाई सोमवार प्रसासनमा वोलाउने सूचना पाएपछि भण्डारी एकाएक फरार भएका हुन् ।
आईतवार अपाङ्गता सम्वन्धि कामको विषयलाई लिएर कार्यालयमा पुगेका अपाङ्गता भएका व्यक्तिहरुको संस्थाका प्रतिनिधि वद्री नयाँघरे लगाएतको प्रतिनिधि मण्डलले आफु कार्यालयमा आउनु पर्ने कामको वारेमा जिज्ञासा राख्दा सह लेखापाल दिपेश भण्डारीले कार्यालयमा पुगेको प्रतिनिधि मण्डल संग जागीरको आडमा दुव्यवहार गर्दै अपशव्द प्रयोग गरेका थिए । सोहि विषलाई लिएर न्यायको लागि प्रशासन कार्यलय पुगेको अपाङ्गता भएका व्यक्तिहरु संगको छलफल पछि प्रजिअ सुर्य वहादुर खत्रीले सहलेखापाल लाई वोलाएर सोधखोज गर्ने र सोहि आधारमा वाँकि प्रकृया अघि वढाउने आश्वासन दिएका थिए ।
सोमवार प्रशासन कार्यालयमा पुगेको अपाङ्गता भएका ५ वटा संस्थाका प्रतिनिधि हरु पुग्दा सहलेखापाल भण्डारी भागेको पुष्टि भएको थियो । तर प्रमुख जिल्ला अधिकारी सुर्य वहादुर खत्रीले सहलेखापाल भण्डारी उपस्थीति नभएपछि उनी अनुपस्थित भएको कारण वारे सोध खोजी गरेका थिए । पछि भडारीले सहायक प्रजिअ सिताराम थापा संग टेलीफोन गरि आफु घर गएकोले उपस्थीति हुन नसकेको जानकारी गराउँदै मंगलवार अनिवार्य रुपमा प्रसासनमा उपस्थति भएर आफनो कुराको वारेमा जानकारी गराएका थिए ।
सहलेखापाल भण्डारी भागेको सुचना प्रमाणित भएपछि प्रसासनले सहमतिका लागी वोलाएको सरोकारवालाहरुको वैटक समेत स्थगित भएको सघाउ सेवा समाजका अध्यक्ष रमेश भण्डारीले वताए । महिला तथा वाल वालीकाको कार्यालयमा अपाङ्गता भएका व्यतिहरुका लागि सीपमुलक तालीमलाई ३ लाख वजेट आएको थियो । उक्त वजेट अपाङ्ग सचेतन सेवा केन्द मार्फत खर्च गर्नका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा वसेको वैठकले निर्णय गरेको थियो ।
सोहि निर्णयका आधारमा थप वुझनका लागि कार्यालयमा पुगेको प्रतिनिधि मण्डल संग उनले नियम अनुसार उक्त कार्य संचालन गर्ने अधिकार आफुलाई मात्र भएको र त्यसका लागि प्रजिअ र मविअ समेतले पनि केहि गर्न नसक्ने भन्दै सकेको गरेर देखाउन धम्कि दिएका थिए । सो क्रममा उनले काम गर्ने भए आफु संग आएर समन्वय गर्नु पर्ने भन्दै काम सम्पन्न गर्न सक्ने तागत आफु संग भएको भन्दै धम्क्याएको अपाङ्ग सचेतन सेवा केन्द्रका अध्यक्ष वद्री नयाँघरेले जानकारी दिए । उनले भने नागरिकले तिरेको करवाट तलव भत्ता खाएर काम गर्ने कर्मचारीले कार्यालयमा आएको सेवा ग्राहीमाथी गरेको अपमान पुणर््ा व्यवहार गलत भएकोले उनले त्यस वापत माफी माग्नु पर्ने समेत वताए ।

प्रतिकृया

Add