यस वर्षको एसइई परीक्षामा पनि शतप्रतिशत उत्तिर्ण हुनेमा विश्वस्त डहु

 मङ्लबार, चैत्र ८, २०७३ | onlinenews

रामेछाप जिल्लाको बेथानमा रहेको डहु माध्ययमिक विद्यालय रामेछाप जिल्लाकै नमूमा विद्यालयको रुपमा परिचीत छ । २०१८ सालमा स्थापना भएको सो विद्यालयमा अध्ययनरत विद्यार्थी २०७० सालदेखि एसएलसी परीक्षामा शतप्रतिशत उत्तिर्ण हुँदै आएका छन् ।
एसएलसी परीक्षामा झंै यस वर्षको एसइई परीक्षामा पनि शतप्रतिशत विद्यार्थी उत्तिर्ण हुनेमा अभिभावक, विद्यार्थी र विद्यालय समेत विश्वस्त छ । हाल सञ्चालन भइरहेको एसइई परीक्षामा सो विद्यालयबाट ३८ जना विद्यार्थीले कुशेश्वर मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् ।
त्यस विद्यालयबाट एसइईमा सहभागि सबै परीक्षार्थीको ऐच्छिक विषय गणित हो । २०७० सालमा ३४ जना, २०७१ मा ३० जना र २०७२ मा २६ जना विद्यार्थी एसएलसीमा सहभागि भएकामा शतप्रतिशत उत्तिर्ण भएका थिए । यस वर्षको एसइई परीक्षामा पनि शतप्रतिशत उत्तिर्ण हुनेमा आपूm ढुक्क रहेको सोही विद्यालयका प्रधानाध्यापक दलबहादुर बलले बताए ।
विद्यार्थीको क्षमता मापनको लागि परीक्षा अघि विभिन्न समयमा भक्तपुर, सदरमुकाम मन्थली लगायतका निजी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गराउँदा समेत आफ्नो विद्यार्थीको नतिजा उत्कृष्ठ भएकाले हाल भइरहेको एसइई परीक्षामा पनि सोचेअनुरुपको नतिजा आउनेमा प्रअ बलले दावी गरे ।
एसइई परीक्षाको तयारीको क्रममा विद्यार्थीलाई गत असोजयता मात्र १ सय १६ पटक आन्तरिक परीक्षा लिंदा समेत राम्रो नतिजा ल्याएकाले पनि शतप्रतिशत उत्तिर्ण हुनेमा म विश्वस्त छु, बलले भने ।
हाल सञ्चालन भइरहेको एसइई परीक्षामा सो विद्यालयबाट सहभागि ३८ जना मध्ये ३ जना ए प्लस, १० जना ए र बाँकी सबै बि प्लस र बि ग्रेडमा उत्तिर्ण हुने पनि प्रअ बलले विश्वास ब्यक्त गरे ।

अभिभावकलाई स्पष्टिकरण दिन नसक्दा मोलाइल स्वीचअफ गरेँ

२०६९ सालको एसएलसी परीक्षामा सोचेअनुरुपको नतिजा नआउँदा अभिभावकलाई स्पष्टिकरण दिन नसकेर मोवाइल नै स्वीचअफ गरेको प्रधानाध्यपक बलले बताए । सो मोवाइल अहिलेसम्म पनि स्वीचअफ नै रहेको उनको भनाई छ ।
२०६९ सालको एसएलसीमा सहभागि ५३ जना मध्य १५ जनामात्र उत्तिर्ण भएका थिए । ५३ जना विद्यार्थी शतप्रतिशत नै उत्तिर्ण हुन्छ भनेर अभिभावकलाई आवश्वासन दिएको थिएँó पछि १५ जना मात्र उत्तिर्ण हुँदा अभिभावकलाई स्पष्टिकरण दिन नसकेर मोबाइल नै स्वीचअफ गरेर बसे प्रधानाध्यापक बलले भने ।

अघिल्लो वर्षदेखि प्राविधिक शिक्षा सुरु

डहु माध्यमिक विद्यालय बेथानमा गत वर्षदेखि प्राविधिक शिक्षा सञ्चालन गरिएको छ । कक्षा ८ मा पुगेपछि विद्यार्थीलाई प्राविधिक संकाय वा साधारण संकाय रोज्ने भन्ने विकल्प राखिएको छ । तर सबै विद्यार्थीले प्राविधिक संकायनै रोजेको विद्यालयले जनाएको छ ।
प्राविधिक विषय पढ्ने विद्यार्थी अहिले कक्षा ९ मा ३८ जना रहेका छन् । प्राविधिक तर्फका विद्यार्थीले अनिवार्य ४ वटा विषय बाहेक ७ वटा गरि ११ वटा विषयको अध्ययन गर्नुपर्ने प्रधानाध्यापक दलबहादुर बलले जानकारी दिए । हालसम्म प्राविधिक शिक्षा पढाई हुने विद्यालय जिल्लामै दुई वटा मात्र रहेका छन् ।
सबै विषय अंग्रेजी भाषामा पठनपाठन सुरु गर्दा कक्षा १ मा रहेका विद्यार्थी अहिले कक्षा ९ मा पुगेका छन् । अहिले एसइईमा सहभागि विद्थार्थी भने अग्रेंजी भाषामा पढाई सुरु हुनु पहिलेको ब्याज हो । सो विद्यायलमा अहिले ३ सय ३५ जना विद्यार्थी अध्ययनरत छन् ।

पूर्वाधारमा पनि धनि विद्यालय

प्रधानाध्यापक बलका अनुसार २०६४ सालमा विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी लिंदा विद्यालयको नाममा १८ हजार रुपैयाँ ऋण थियो । कक्षा कोठा ब्यवस्थापनको कुरा त परैको थियो, कार्यालय सञ्चालन गर्न समेत धौधौ थियो उनले भने । बलले प्रअको जिम्मेवारी सम्हालेसँगै एसियन फ्रेण्डशीप नेटवर्क जापानले पूर्वाधार निर्माणमा ८ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता ग¥यो ।
सोही मुताविक जापानको सहयोगमा विद्यालय भवनको शिलान्यास गरियो । जापानको सहयोगपछि ०६४ सालमा गाउँ परिषदबाट ४ लाख रुपैयाँ रकम विनियोजन भयो । त्यसैगरी भवन निर्माणकै लागि २०६५ सालमा पनि तत्कालीन गाविसबाट ३ लाख ७५ हजार रुपैया विनियोजन भएको प्रअ बलले जानकारी दिए ।
विभिन्न श्रोतबाट १६ लाख रुपैयाँ बजेट प्राप्त भए पनि भवन निर्माणमा ४१ लाख रुपैयाँ लागेको उनले बताए । भवन निर्माणको लागि अपुग रकम विद्यालय श्रोतबाटै खर्च गरिएको बलले बताए ।
२०६४ सालको तिहारमा देउसी खेलेर जुटेको ४० हजार रुपैयाँबाट स्थापना गरिएको विद्यालयको कोषमा अहिले ३५ लाख रुपैयाँ रहेको छ । सो पूँजि गाउँका स्थानीयलाई ब्याजमा लगानी गरिएको प्रअ बलले बताए ।
देउसीबाट प्राप्त भएको ४० हजार रुपैयाँ गाउँमा ब्याजमा लगाउन खोज्दा कसैले पनि नलिएपछि प्रअ आफैले ३६ प्रतिशत ब्याजमा चलाएर सोही ब्याजबाट प्राप्त रकमको २० लाख रुपैँया विद्यालय भवनमा खर्चिएर अहिले पनि ३५ लाख रुपैयाँ पूँजि रहेको बलले बताए ।
आव २०७१÷०७२ मा जिल्ला शिक्षा कार्यालयमार्फत ४ कोठे पक्की भवन निर्माण भएको श्रोतको भनाई छ । प्राविधिक विषय पढाईका लागि भवन अपुग भएकाले चालू आर्थिक वर्षमा जिल्ला शिक्षा कार्यालय मार्फत विनियोजीत १९ लाख र संसाद विकास कोषबाट ४० लाख गरि ५९ लाखको अर्को आधूनिक भवन निर्माण भइरहेको प्रअ बलले बताए । निर्माणाधिन भवनमा आवास सहितको छात्रावासको ब्यवस्था गर्ने योजना रहेको उनले बताए ।

प्रतिकृया

Add