वैदेशिक रोजगारमा जानेको बीमा कभरेज २० लाख पुग्यो, प्राणघातक रोग पनि थपियो

 मङ्लबार, चैत्र ८, २०७३ | onlinenews

चैत्र ८ बैदेशिक रोजगारीकालागि जाने नेपालीहरुको बीमा शुल्क सरकारले बर्ष दिनमै चार पटक बढाएको छ। सरकारले बढाएको शुल्कमा बीमा कभरेज सुविधा भने चार गुणाले बृद्धि गरेको छ। २०६७(६८ सालमा १९७० रुपैयाँ बीमा शुल्क लिएर दुई वर्षको बीमा गरिन्थ्यो। त्यतिबेला दुई वर्षको करारमा दुई वर्षको मात्रै बीमा हुन्थ्यो भने रोजगारमा गएकाहरुले ५ लाख रुपैयाँसम्म मात्रै दावी गर्न पाउँथे।
अब भने रोजगारीमा गएकाहरुले ३९२४ रुपैयाँ बीमा शुल्क तिरेर २० लाख रुपैयाँसम्मको बीमा कभरेज पाउने भएका छन्। २०७३ फागुनबाट सरकारले प्राणघातक रोग लागेमा ५ लाख थप पाउने सुविधा थप्दै कुल कभरेज २० लाख रुपैयाँ पुर्याएको हो। बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले कभरेज बढाउँदै बीमा शुल्क २०७३ सालमा मात्रै चार पटक बढाएको हो। पछिल्लो शुल्क ४०० रुपैयाँ बढेको छ।
बसमा मनपरी कमिसन लिएको भन्दै बीमा समितिले हस्तक्षेप गरेर २०६९ मंसिरदेखि १८२५ रुपैयाँ बीमा शुल्क लिने गरि  वैदेशिक रोजगार बीमा सुरु गरेको थियो। त्यसपछि रोजगारीमा गएकाको मृत्यु भएमा शव ल्याउन ५० हजार रुपैयाँ पनि दिने व्यवस्था पनि थपिएको थियो। (देशपरदेशबाट)

प्रतिकृया

Add