संघीयताले पैदा गरेको उत्साह र अन्यौलता

 बुधबार, चैत्र ९, २०७३ | onlinenews

चैत्र ९, रामेछाप । सरकारले संघीयतालाई कार्यान्वयनमा ल्याएसँगै सदरमुकाम मन्थलीका नागरिक अन्यौलमा परेका छन् भने गाउँपालिकाका नागरिकमा खुसी छाएको छ ।
संघीयताको कार्यान्वयन भएपछि रामेछापमा ६ गाउँपालिका र २ नगरपालिका कायम भएको छ । नयाँ संरचनाले नागरिक, व्यवसायि, कर्मचारी र राजनीतिक दलका कार्यकर्तामा समेत एकातिर खुसी र अर्कोतर्फ अन्यौलता छाएको पाइन्छ ।
सरकारले नागरिकको अपेक्षा भन्दा फरक संरचना निर्माण गरेपछि सदरमुकाम र गाउँपालिकाहरुमा समेत अन्यौलता उत्पन्न भएको छ । नयाँ संरचना कायम गरिएसँगै सदरमुकाम बासीमा थप अन्यौलता सिर्जना भएको हो ।
सदरमुकाममा कार्यरत कर्मचारीको सरुवा भएसँगै जिल्लाका दुर्गम ठाउँबाट आई सदरमुकाममा पेशा व्यवसाय गर्दै आएका ब्यवसायिमा समेत सदरमुकामको भविष्य के होला भन्नेमा अन्योलता छ ।
नयाँ संरचना अनुसार गाउँपालिका र नगरपालिकाले काम सुरु गरेपछि विशेषगरी गाउँपालिका र नागरपालिकाको कार्यालयसँग जोडिएका ठाउँका स्थानीयमा खुरीयाली छाएको उमाकुण्ड गाउँपालिका ठोसेका शंकर बस्नेतले बताए ।
उनले भने– अहिले सरकारले ल्याएको संघीयता पूर्णरुपमा कार्यान्वयनमा आउने हो भने सर्वसाधारणले लोकतन्त्रको अनूभुति गर्न पाउनेछन् । उनीहरुले आफ्नै गाउँपालिकामा सिंहदरबारको सुविधा प्राप्त गर्नसक्ने सरकारको भनाई अनुसार सबै खालको सेवा स्थानीय निकायमै पाउने छन् ।
नगरपालिकामा बजार विस्तारसँगै गाउँपालिका र नगरपालिकाको आसपासमा जग्गा खरिद र घर समेत निर्माण हुन थालिसकेको छ । गाउँपालिकाको कार्यालय स्थापनासँगै वित्तिय संघसंस्था र गैरसरकारी संघसंस्थाहरु समेत नयाँ गाउँ केन्द्रीय हुने अवस्थामा रहेकाले पनि आपूmहरु उत्साहित भएको लिखुगाउँपालिका अन्तर्गत विजुलीकोटका गोपाल तामाङले बताए ।

प्रतिकृया

Add