ट्याक्टर दुर्घटनामा तीन घाइते

 बुधबार, चैत्र ९, २०७३ | onlinenews

चैत्र ९, रामेछाप । रामेछाप नगरपालिकाको सुकाजोर खोलामा बुधबार ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रामेछाप नपा–४ विटारबाट मन्थलीतर्फ आउदै गर्दा बज्रगुरु कन्सट्रकनशको ना.अ.प ९७४ नम्बरको ट्याक्टर दिउसो साँढे १ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परि ट्याक्टरमा सवार सडक निर्माणमा खटिएका तीन जना कामदार घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक प्रेम जोशीले जानकारी दिए ।
स्थानीय अस्पतालमा उपचार भइरहेको घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार तीव्र गतिका कारण अनियन्त्रित भई ट्याक्टर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेको ट्रक सडकबाट करिब १२ मिटर तल खोलाम झरेको थियो । ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिकृया

Add