सीमांकन र प्रदेव चुनावअघि टुंगो लगाउने पहल भइरहेको छ ः प्रधानमन्त्री

 बुधबार, चैत्र ९, २०७३ | onlinenews

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमांकनलाई केन्द्र र प्रदेशको चुनावअघि टुंगो लगाउने गरी अहिले अन्य विषयमा संविधान संशोधन गरेर जान पहल भइरहेको बताएका छन् । मंगलबार सिंहदरवारमा माओवादी केन्द्र संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । उनले मधेशी र जनजातिका मुद्दा सम्बोधन गर्न सरकार गम्भीररुपमा लागिरहेको जानकारी दिए । उनले अब चुनाव हुन्न कि भनेर कुनै पनि आशंका नपाल्न आग्रह गर्दै अवसरवादीहरुले मात्रै चुनाव हुन्न कि भनेर आशंका पाल्ने बताए । उनले भने ‘चुनाव घोषणा भइसकेको छ, सिंगो देश यसमा जुटिसकेको छ । चुनाव सफल पार्न सबैलाई आ आफ्नो ठाउँवाट जुट्न आग्रह गर्दछु ।’ उनले आफ्नो आसन्न चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझै सुमधुर बनाउने बताए । प्रधानमन्त्रीले भ्रमणका क्रममा नयाँ समझदारी विकास गर्न उच्च स्तरमा महत्वपूर्ण छलफलहरु हुने जानकारी दिए ।

प्रतिकृया

Add