संशोधन बिना चुनाव भए देशमा अनिष्ट हुन्छ ः महतो

 बुधबार, चैत्र ९, २०७३ | onlinenews

भक्तपुर । संविधान संशोधन नभई जबरजस्ती स्थानीय तहको निर्वाचन भए मुलुकमा अनिष्ट हुने चेतावनी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दिएका छन् । मंगलबार रफत सञ्चार क्लबले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष महतोले तीन दलका नेताहरुको बेइमानीका कारण अहिलेसम्म संविधान संशोधन हुन नसकेको आरोप लगाए । उनले भने, ‘संविधान संशोधन बिना निर्वाचन गर्ने कसैको आँट छैन । यदि भए देशमा अनिष्ट हुन्छ ।’ मधेशी मोर्चाका नेतासमेत रहेका महतोले सीमांकन नै मधेशी मोर्चाको पहिलो एजेण्डा भएकाले यसलाई थाती राखेर निर्वाचनमा जान नसकिने बताएका छन् ।

प्रतिकृया

Add