डुङ्गा संरक्षणमा रामेछापका माझी समुदाय

 सोमवार, मंसिर २७, २०७८ | onlinenews
Share this

सन्तोष ढुङ्गेल


रामेछाप । नदि किनारमा बस्दै आएका रामेछापका माझी समुदाय आफ्नो ब्यवसायको रुपमा रहेको डुङ्गा लोप हुन लागेको भन्दै संरक्षणमा जुटेका छन् । सडक विस्तारसँगै पुलहरु निर्माण निर्माण भएपछि माझी समुदायको पहिचानको रुपमा रहेको काठको डुङ्गा लोप हुँदै गएपछि रामेछाप सेलेघाटका माझी समुदाय डुङ्गा संरक्षणमा जुटेको छन् ।
माझी समुदायको पहिचानसँग जोडिएको डुङ्ग खियाउँने ब्यवासय लोप हुँदै गएपछि रामेछाप सेलेघाटका माझी समुदाय डुङ्गा संरक्षणमा छुटेका छन् । पाँच वर्षपहिलेसम्म सञ्चालनमा रहेको डुङ्गा ब्यवसाय बन्द भएपछि माझी समुदाय आफ्नो पेशाप्रति चिन्तित हुँदै आएका थिए । माझी समुदायको समम्बन्ध कोशी र डुङ्गासँग अन्यान्योश्रित सम्बन्ध रहेकाले डुङ्गा आफ्नो संस्कार संस्कृतिसँग जोडिएको माझी अगुव श्रीबहादुर माझी बताउँछन् ।

 

रामेछाप जिल्लामा यस अघि २७ वटा घाटहरुमा डुङ्गा ब्यवसायि सञ्चालन हुँदै आएकोमा विगत पाँच वर्षदेखि बन्द भएपछि स्थानीय माझी समुदाय डुङ्गा संरक्षणमा जुटेका हुन् । पुल, सडक लगायत यातायात सञ्चालनका लागि स्थायी संरचना निर्माण हुनु पहिले डुङ्गा खियाउँने पेशा माझी समुदायको जिविकोपार्जनसँग जोडिएको थियो । राजा महेन्द्रको पालामा रामेछापमा पर्ने सुनकोसी र तामाकोशी नदि किनारका जमिन स्थानीय माझीलाई बिर्ता दिएको मानबहादुर माझीको भनाई छ ।
माझी समुदायको रीतिरिवाज र संस्कृतिको लागि डुङ्गा नभई नहुने भएकाले र नयाँ पुस्ताले आफ्नो संस्कार स.स्कृति नविर्सियोस भन्नको लागि लोप भइसकेको डुङ्गा पुनः सञ्चालनमा ल्याएको माझीहरुको भनाई छ ।
नदी किनारमा बसोबास गर्ने, डुङ्गा तार्ने र माछा मार्ने पेशा लोप हुँदै गएकाले आफ्नो संस्कृति र परम्पार संक्षणको लागि रामेछापको माझी समुदाय एकाजुट भएका छन् । नदि र माझीलाई मामा र भाञ्जाको साइनो रहेको माझीहरु बताउँछन् ।

Share this

प्रतिकृया

Add