कार्कीलाई कार्यवाहक सभापति र श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी

 सोमवार, भदौ २४, २०८१ | onlinenews
Share this

रामेछाप– नेपाली काङ्ग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यवाहक पार्टी सभापतिको जिम्मेवारी उपसभापति लेखबहादुर कार्कीलाई दिएका छन् । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङले सोमवार उपसभापति कार्कीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो । आफू उर्जा जलस्रोत तथा सिँचाई राज्यमन्त्री भई जिल्ला बाहिर रहनु पर्ने भएको भन्दै आफू जिल्ला बाहिर रहेका बेलामा कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्ने गरी सोमवार कार्कीलाई कार्यबाहक सभापतिको पत्र दिएका हुन् । नेपाली काङ्ग्रेस पार्टीको विधान २०१७ (संशोधन एवम् परिमार्जन समेत) नियमावली २०७६ बमोजिम आर्थिक कारोबार बाहेक पार्टीको प्रशासनिक, साङ्गठानिक तथ दैनिक परिआउने सम्पूर्ण काम गर्ने गरी कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको पत्रकार उल्लेख छ ।

त्यसैगरी जिल्ला कार्यसमिति सदस्य रहेका कुमार श्रेष्ठलाई जिल्ला पार्टी प्रवक्तामा नियुक्त गरिएको छ । नेपाली काङ्ग्रेस पार्टीको विधान २०१७ (संशोधन एवम् परिमार्जन समेत) नियमावली २०७६ बमोजिम कुमार श्रेष्ठलाई रामेछाप जिल्ला पार्टीको प्रवक्तामा नियुक्त गरिएको पत्रमा उल्लेख छ । पार्टीको साङ्गठानिक गतिविधि प्रशासनिक तथा विभिन्न क्रियाकलाप र पार्टीका निर्णयहरु पार्टीलाई हानी नोक्सानी नपुग्ने गरी सार्वजनिकीकरण गर्न समेत प्रवक्ता नियुक्त गरिएको पत्रका उल्लेख छ ।

Share this

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *