खाँडादेवीमा स्थानीय बाल अधिकार समिति गठन

 बुधबार, अशोज १६, २०८१ | onlinenews
Share this

रामेछाप – खाँडादेवी गाउँपालिकामा स्थानीय बालअधिकार समिति गठन गरिएको छ । बालबालिका सम्बन्धी ऐन २०७५ बमोजिम खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङको अध्यक्षतामा समिति गठन गरिएको हो ।

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले गठित समितिका सदस्यहरुमा पदमबहादुर बस्नेत (प्रमुख प्रशासकीय अधिकृत), ओमप्रकाश श्रेष्ठ (स्वास्थ्य शाखा प्रमुख), मिनबहादुर थापा (शिक्षा शाखा प्रमुख), गंभिर उपे्रती (प्रहरी निरीक्षक), उर्मीला मुग्राती (पालिका महिला सदस्य), देवराज घिसिङ (प्रधानाध्यापक), श्याम खड्का (बालक्लब), सानुकान्छी खड्का (कार्यपालिका सदस्य), अस्मिता माझी (बालक्लब), जूना थापा (सङ्घसंस्था), चिनामाया तामाङ (महिला सहकारी) र सदस्य सचिवमा बबिता कुमारी शाही (बालकल्याण अधिकारी÷महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख) रहेका छन् ।

समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) का जिल्ला परियोजना संयोजक तिलक कार्कीले स्थानीय बाल अधिकार समिति गठन प्रकृया, काम, कर्तव्य र अधिकारका बारेमा सहजिकरण गरेका थिए । कार्यक्रममा स्थानीय बालअधिकार समितिका अध्यक्ष एवम् खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले ७ वर्षसम्म समिति नहुँदा नीति, कार्यक्रम एवम् बालबालिकासँग सम्वन्धित दीर्घकालीन योजना र वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्न नसकिएको भन्दै अब बाटो खुलेको बताइन् । बालबालिकाका सवालमा समितिले सक्रियतापूर्वक कार्य गर्ने अपेक्षा गर्दै समितिको सार्थकता र कार्ययोजनाको सफल कार्यान्वयनमा लागि समिति, सरोकारवाला निकाय, साझेदार संस्थाहरु सिविस र हिमाली नविन समाजलाई आग्रह समेत गरिन् ।

Share this

प्रतिकृया

Add