समस्यै समस्यामा भूकम्प प्रभावित

 बुधबार, चैत्र २, २०७३ | onlinenews
Share this

गम्भीर वि.क.


चैत्र २, रामेछाप÷ रामेछाप जिल्लाका भूकम्प प्रभावित समस्यैसमस्यामा परेका छन् । प्रभावितहरु घर बनाउनका लागि आवश्यक दक्ष कामदारको अभाव र कतिपय बस्तीमा पानी र अन्य कच्चा पदार्थको समेत अभावका कारण समस्या व्यहोर्दै आएका छन् ।
यहि चैत १५ भित्र घर बनाउन सुरु नगर्ने भूकम्प प्रभावितको नाम कालो सूचीमा राख्ने सरकारको निर्णय पनि समस्याको विषय बनेको छ ।
सरकारले गरेको घोषणापछि भूकम्प प्रभावितहरु झनै समस्यामा परको उनीहरुको भनाई छ । जसका कारण सरकारी निर्देशनले सहजै सार्थकता पाउने सम्भावना न्यून हुँदै गएको रामेछाप नगरपालिका वडा नं ८ का गोविन्दबहादुर वि.क.ले बताए ।
राज्यले आफ्नो ढिलासुस्तीलाई ढाकछोप गर्ने उद्देश्यले गरेको घोषणाा व्यवहारिक नहुने भन्दै सरकारले सबैभन्दा पहिला प्रभावितहरुको समस्यालाई वुझन सक्नु पर्ने उनले बताए ।
प्र्राकृतिक रुपमा समेत ठगिएका आफूजस्ता हजारौ नागरिकले समस्या र अभावका कारण अहिले पनि घर बनाउन नसकेको उनको भनाई छ । यो अवस्थामा घर बनाउने जस्तो कुरा जादुको छडि हुन सक्दैन, उनले भने । सरकारले भूकम्प प्रभावित सबै बस्तीहरुमा अनिवार्य रुपमा भूकम्प प्रतिरोधी घर बनाउने घोषणा गरेको लामो समय वितिसक्दा पनि कतिपय बस्तीहरुमा प्राविधिकको कारण समस्या भएको प्रभावितको गुनासो छ ।
जिल्लाको रामपुर बाहेकका गाउँहरुमा अहिलेसम्म सरकारले दोस्रो किस्तको रकम वितरण गर्न सकेको छैन । गाउँमा खटाएका प्राविधिकहरुले पनि नियमित रुपमा समय नदिंदा समस्या आइरहेको छ ।
सरकारी निकायको गैरजिम्मेवारी व्यवहार भूकम्प प्रभावितहरुका लागि समस्याको विषय बन्नु नहुने विकको तर्क छ ।

Share this

प्रतिकृया

Add