चारघरे सेवा समितिको अध्यक्षमा योञ्जन

 मङ्लबार, कार्तिक ५, २०७६ | onlinenews
Share this

५ कार्तिक, रामेछाप– चारघरे सेवा समिति रामपुरको अध्यक्षमा जयबहादुर योञ्जन चयन भएका छन् । सोमबार सम्पन्न भएको संस्थाको २५ औं साधारणसभा तथा १३ औं अधिवेशनले जयबहादुर योञ्जनलाई २ वर्षे कार्यकालको लागि अध्यक्षमा चयन गरेको हो ।
त्यसैगरी कार्यसमितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सन्त बहादुर श्रेष्ठ, सचिव– इन्द्र रानामगर र कोषाध्यक्षमा मुना कुमारी श्रेष्ठ चयन भएकी छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा सबिता सुनुवार, सुर्ज बहादुर श्रेष्ठ, टेक बहादुर श्रेष्ठ, श्यामलाल मगर र भक्तकुमारी श्रेष्ठ रहेको चारघेरे सेवा समितिले जानकारी दिएको छ ।

राजनीतिक रुपमा स्वतन्त्र रहेको संस्थाको अध्यक्ष बन्न पाउँदा आपूmलाई खुसी लागको अध्यक्ष योञ्जनले बताए । आफ्नो कार्यकालमा पनि संस्थामा राजनीतिक रंग नआउने गरि विसुद्ध सामाजिक भावनाले काम गर्ने नवनिर्वाचित अध्यक्ष योञ्जनले प्रतिबद्धता जनाए ।

Share this

प्रतिकृया

Add