मोतियाविन्दु भएका विरामीको गाउँमै निःशूल्क शल्यक्रिया

 शनिबार, मंसिर ७, २०७६ | onlinenews
Share this

७ मंसिर, रामेछाप– रामेछाप जिल्लाको खाँडादेवि, सुनापति र दोरम्बा गाउँपालिकालाई लक्षित गरि आँखा शिविर सञ्चालन गरिएको छ । खाँडादेवि गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा १ सय ३१ जना मोतियाविन्दु भएका विरामीको शल्यक्रिया गरिएको छ ।
खाँडादेवी गाउँपालिका, सामुदायिका विकास समाज, तिलगांगा आँखा प्रतिष्ठान, काठमाडांै, र जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीको संयुक्त आयोजनामा आँखा शिविर सञ्चालन गरिएको सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले जानकारी दिए ।


आँखा शिविरमा खाँडादेवि गाउँपालिकाको ९ वटै वडाहरु, सुनापति गाउँपालिकाको वडा नम्बर २, ३ र ५ त्यसैगरी दोरम्बा गाउँपालिकाको वडा नम्बर २ र ३ का विरामीहरुले मोतियाविन्दुको शल्यक्रिया गराएका छन् ।
यस अघि तीन वटै गाउँपालिकामा आँखा शिविर सञ्चालन गरि मोतियाविन्दू भएका विरामीहरुको पहिचान गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । घिसिङका अनुसार ३ वटा गाउँपालिकामा ३ हजार जनाको आँखा जाँच गरिएको थियो भने जसमध्य १ सय ९२ जनामा मोतियावन्दू भएको पत्ता लागेको थियो ।


मोतियाविन्दूको विरामी पहिचाको क्रममा पत्ता लागेका विरामीहरुको निःशूल्क शल्यक्रिया गरिएको हो । पहिचान भएका १ स ९२ जना मोतियाविन्दूको विरामी मध्य १ सय ३१ जनाले खाल्याक्रिया गराएका हुन् ।
शल्यक्रियाको लागि दुई दिन सञ्चालन गरिएको शिविरमा प्रविधिक सहयोग तिलगंगा आँखा प्रतिष्ठान र रामेछाप सामुदायिक आँखा केन्द्रले गरेको छ भने विरामी र कुरुवाको खाना, बस्न र विरामीलाई यातायात खर्चको ब्यवस्था सामुदायिक विकास समाजले गरेको छ । विरामी बाहेकका शिविरमा परिचालित जनशक्ति र स्वयंसेवकको खाना र बस्ने ब्यवस्था खाँडादेवि गाउँपालिकाले गरेको हो ।


चस्मा लगाउँनु पर्ने विरामीहरुलाई ५० प्रतिशत अनुदानमा चस्मा वितरण गरिएको पनि सामुदायिक विकास समाजका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । आफ्नै गाउँमा आँखाको निःशूल्क सल्यक्रिया गर्न पाउँमा एकदमै खुसी लागेको आँखा सल्यक्रिया गराएका ओमबहादुर घिसिङले बताए । घिसिङले अघिल्लो वर्ष दाहिने आँखाको सल्यक्रिया गराएका थिए । देव्रे आँखा पनि धमिलो देखिने र एकजना मान्छेलाई २ जना देखिने भएपछि मोतियाविन्दूको शल्यक्रिया गराउन आएका घिसिङले भने– आँखाको शल्यक्रिया गर्न काठमाडौं जानु परेको भए ५० हजार रुपैयाँ खर्चले पनि पुग्ने थिएन, गाउँमै निःशूल्क आँखाको शल्यक्रिया गर्न पाउँदा खुसी लागेको छ । गाउँमै सेवा पनि पाइएको र खर्च पनि जोगिएको भन्दै उनले आयोजकलाई धन्यवाद समेत दिए ।

Share this

प्रतिकृया

Add