वडा वडामै पुगेर विकासका योजना सम्झौता

 शुक्रबार, मंसिर १३, २०७६ | onlinenews
Share this

१३ मंसिर, रामेछाप– रामेछाप नगरपालिकाले उपभोक्ता समितिलाई सहज होस् भन्ने उद्देश्यले विकासका योजनाहरु वडा÷वडा पुगेर सम्झौता गरिरहेको छ ।
योजना सम्झौता गर्न नगरपालिकामा आउँदा उपभोक्ता समितिलाई झन्झट भएको भन्दै नगरपालिकाले वडा÷वडामै पुगेर विकासका योजनाहरु सम्झौता गर्ने अभियान सञ्चालन गरेको रामेछाप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पौडेलले जानकारी दिए ।
वडा अन्तर्गतका उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई सम्बन्धित वडा कार्यालयमा भेला गराएर नगरपालिका तथा सम्बन्धित योजनाका प्राविधिकहरुबाट प्रशिक्षण दिनुका साथै विकास योजनाको लागत स्टिमेट, निर्माण अवधि, बजेट तथा योजना कार्यान्वय कसरी गर्ने भन्ने विषयमा समेत प्रशिक्षण दिइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
प्राविधिकहरुले उपभोक्ता समितिलाई प्रशिक्षण दिंदा उपभोक्ता समितिलाई योजनाको प्राविधिक पक्ष बुझ्न सहज हुने भएकाले योजना सम्झौता साथसाथै प्रशिक्षण पनि सञ्चालन गरिएको उनले बताए ।
अहिलेसम्म वडा नम्बर २,४,७, ८ र ९ का २ वटा उपभोक्ता समितिलाई प्रशिक्षण दिइसकिएको पनि प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए । उक्त वडाहरुमा योजना सम्झौताको काम सकिएको र अन्य ४ वटा वडाहरुमा पनि छिट्टै सम्भौताको काम सम्पन्न गर्ने बताए ।
यो कार्यक्रमबाट समयमै योजना सम्पन्न हुने, आपूmले विश्वास लिएको पनि प्रशासकीय अधिकृत पौडेलले बताए ।

Share this

प्रतिकृया

Add