नेकपा बाम्तीले ९ सय ५५ परिवार स्थानीय र संघसंस्थालाई मास्क र सावुन बाँडे

 बिहिबार, चैत्र २०, २०७६ | onlinenews
Share this

२० चैत्र, रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापको उमाकुण्ड गाउँपालिका अन्तर्गत वडा नम्बर २ बाम्ती पार्टी कमिटीले स्थानीय ९ सय ५५ घरपरिवार र वडा अन्तर्गतका स्वास्थ्य चौकी, प्रहरी चौकी र संघसंस्थाहरुलाई मास्क र साबुन वितरण गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई नै सन्त्रास बनाइरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उमाकुण्ड–२ ले स्थानीयलाई कोरोना भाइरसबाट जोगिन सचेत गराउँदै वडाबासी र बडामा रहेका संघसंस्थाहरुलाई मास्क र साबुन वितरण गरेको हो ।


९ सय ५५ परिवारलाई प्रतिपरिवार ५ थान मास्क र २ थान साबुन प्रदान गरिएको नेकपा उमाकुण्ड–२ का अध्यक्ष प्रदीप बस्नेतले बताए ।
त्यसैगरी प्रहरी चौकी बाम्तीलाई ५० थान मास्क, १० थान साबुन, बाम्ती भण्डार प्राथमिक अस्पतालाई ५० थान मास्क, १० थान साबुन, थोदुङ गुम्बालाई ३८ थान मास्क ३८ थान साबुन, शेर्पा स्कूल बाम्तीलाई २० थान मास्क, १६ थान साबुन र उमाकुण्ड गाउँपालिका–२ लाई १० थान मास्क र ५ थान साबुन प्रदान गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
वडा पार्टीका सदस्यहरुबाट पैसा संकलन गरेर उक्त मास्क तथा साबुन खरिद गरि स्थानीयबासी र स्थानीय संघसंस्थालाई प्रदान गरिएको बस्नेतले बताएका छन् ।

Share this

प्रतिकृया

Add