सामाजसेवी कार्कीद्वारा पीपीई सहयोग

 शुक्रबार, चैत्र २१, २०७६ | onlinenews
Share this

सन्तोष ढुङ्गेल


२१ चैत्र, रामेछाप– विश्वब्यापी महामारिको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा अहोरात्र खटिरहेका सुरक्षाकर्मीलाई रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–६ माकादुम निवासी जि–एन (ग्लोबल नेचुरल) अंग्रेजी बोर्डिङ्ग स्कूलका संस्थापक नारायण कार्कीले पीपीई सेट सहयोग गरेका छन् ।
कार्कीले जिल्ला प्रहरी कार्यालय रामेछाप र खाँडादेवि गाउँपालिकालाई पीपीई सेट प्रदान गरेको हो । ॐ गायत्री ध्वनी परिवारका अध्यक्ष समेत रहेका कार्कीले खाँडादेवी गाउँपालिकालाई १० थान र जिल्ला प्रहरी कार्यालय रामेछापलाई २० थान पीपीई प्रदान गरिएको हाम्रो अनलाइन न्यूजलाई जानकारी दिए ।


कार्कीले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठक र खाँडादेवि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।
सबैभन्दा बढी जोखिम सुरक्षाकर्मीलाई हुने भएकाले जोखिम कम होस भन्ने उद्देश्यले आपूmले सुरक्षाकर्मीलाई पीपीई सहयोग गरेको कार्कीको भनाई छ ।
चाडैंनै थप मास्क पनि वितरण गर्ने तयारी भइरहेको कार्कीले जानकारी दिए । आवश्यकता हेरेर थप सहयोग गर्ने पनि उनले बताएका छन् ।

Share this

प्रतिकृया

Add