स्थानीयलाई सचेतना जगाउँदै टोलसुधार समिति

 आइतवार, चैत्र २३, २०७६ | onlinenews
Share this

२३ चैत्र, रामेछाप– मन्थली नगरपालिका–१ खुमलटार टोल सुधार समितिले स्थानीयलाई मास्क वितरण गर्नुका साथै कोरोनाबाट कसरी बच्ने भन्ने बारेमा सचेतना अभियान सुरु गेको छ ।
विश्वब्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमितको संख्या नेपालमा थपिदै गएको अवस्थामा मन्थली नगरपालिका–१ मा रहेको खुमलटार टोल सुधार समितिले सचेतना अभियान सुरु गरेको हो ।
खुमलटार टोल सुधार समितिले आफ्नै खर्चमा मास्क खरिद गरेर वितरण गर्नुका साथै मास्क प्रयोग गर्ने तरिका, साबुन पानीले हात धुने तथा सेनिटाइजर प्रयोग गर्ने तरिका स्थानयिलाई सिकाएको टोल सुधार समितिका अध्यक्ष श्याम श्रेष्ठले जानकारी दिए ।
एक जिल्लाबाट अर्को जिल्ला, एक पालिकाबाट अर्को पालिका एवं एक प्रदेशबाट अर्को प्रदेश जान नपाउने गरि सरकारले लकडाउनलाई कडाई गरिरहेको कुरा टोलबासीलाई जानकारी गराउँदै बाहिर ननिस्कन समेत अनुरोध गरेको छ ।
समितिले आफ्नो टोलभरका सबै घरधुरीमा सचेतना अभियान चलाउने लक्ष्य लिएको छ । आफ्नो टोलमा श्रमजिबि एवं बिपन्न नागरिकहरु बढी भएकाले लकडाउन लम्बिएको खण्डमा दैनिक उपभोग्य सामग्री पनि वितरण गर्ने योजना रहेको टोल सुधार समितिको भनाई छ ।

Share this

प्रतिकृया

Add