रेडक्रसले दियो दोरम्बाको क्वारेन्टाइनमा आवश्यक सामग्री

 आइतवार, चैत्र ३०, २०७६ | onlinenews
Share this

माधवप्रसा उपाध्याय


३० चैत्र, रामेछाप– नेपाल रेडक्रस सोसाइटी रामेछापले दोरम्बा गाउँपालिकामा रहेको क्वारेन्टाइनको लागि आवश्यक सरसफाइका सामग्री प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाका मन्त्री जयप्रकाश श्रेष्ठको टोली दोरम्बा गाउँपालिकाको कार्यालयमा पुगेर सो सामग्री प्रदान गरेका हुन् ।


रेडक्रसले शनिबार प्रदान गरेको सामग्रीहरुमा मण्डी २० थान, बाल्टीन १० थान र हात धुने सावुन १ सय ५० पिस रहेको छ । क्यारेन्टाइमा बसेकाहरुलाई सरसफाई र क्वारेन्टाइनको बसाई सहज होज भन्ने उद्देश्यले सरसफाईका सामान तथा मण्डी प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी रामेछाप ्शाखाका मन्त्री जयप्रकाश श्रेष्ठले जानकारी दिए ।

Share this

प्रतिकृया

Add