वडा कार्यालयले दियो स्वास्थ्य संस्थालाई पीपीई

 बुधबार, बैशाख ३, २०७७ | onlinenews
Share this

३ वैशाख, रामेछाप– रामेछापको दोरम्बा गाउँपालिका–४ गौश्वाराले कोरोना भाइसरको सम्भावित संक्रमणबाट बच्नको लागि पर्सनल प्रोटेक्टिभ इक्यूप्मेन्ट (पीपीई) सहित सुरक्षा तथा सरसफाइका सामग्रीहरु खरिद गरेको छ । वडा कार्यालयले दुई थान पीपीई खरिद गरेर वडामा रहेका भांगेटार स्वास्थ्य इकाई र गौश्वारा स्वास्थ्य चौकी पासिबनलाई प्रदान गरिएको वडा सदस्य रोहित मगरले जानकारी दिए ।


वडाले इपीपी, मास्क, ग्लोब्स, ज्वरो नाप्ने थर्मामिटर लगायतका सरसफाइका सामग्री खरिद गरेको हो । वडा कार्यालयले २ सेट पीपीई, ३ हजार थान मास्क, १ हजार २ सय पिस डिटोल साबुन, ८ सय पिस ग्लोब्स र थर्मामिटर लगायत सरसफाईका सामग्री खरिद गरेको जनाएको छ ।
वडाले पीपीई दुई वटा स्वास्थ्य संस्थालाई प्रदान गरेको र साबुन, मास्क, ग्लोब्सलगायतका सामग्री वडाबासीलाई वितरण गरिने वडा सदस्य मगरले जानकारी दिए । वडाबासीलाई कोरोनाको सम्भावित संक्रमणबाट सुरक्षित बनाउने उद्देश्यले सरसफाइका सामग्री प्रदान गर्न लागिएको वडा अध्यक्ष चन्द्रबहादुर मगर टलकले जानकारी दिए ।

Share this

प्रतिकृया

Add