भोका पेटहरु दिनभर प्रदिपलाई कुरेर बस्छन् सडक पेटीमा

 सोमवार, बैशाख ८, २०७७ | onlinenews
Share this

८ वैशाख, रामेछाप– काठमाडौं, भक्तपर र ललितपुरको विभिन्न स्थानहरुमा भोकभोकै सडकको पेटीमा बसिरहेका १ सय ५० जना भन्दा बढी मजदुरहरुलाई प्रदिप कतिबेला आउँछ भनेर कुर्ने बानी परिसकेको छ । रामेछाको मन्थली नगरपालिका–४ सालुका प्रदिप घिमिरेले तीन हप्तादेखि ती मजदुरहरुलाई नियमित खानेकुरा खुवाउँदै आएका छन् ।
(कोभिड १९) कोरोना भाइरसको कारण काम बन्द भएपछि आयोजना, योजनामा काम गर्ने मजदुर तथा शहरमा साना ब्यवसाय गरेर छाक टार्दै आएका मानिसहरुको अहिले सडक पेटीको बास भएको छ । सडक पेटीमा रातदिन काटिरहेका १ सय ५० जना भन्दा बढीलाई दैनिक खाना खुवाउँदै आएका छन् प्रदिपले ।


सरकार र संघसंस्थाहरुले दिएको राहातले दुई÷चार छाक टर्छ तर प्रदिपले ३ हप्तादेखि निरन्तर दैनिक खाना खुवाउँदै आएका छन् । त्यसैले सडक पेटीमा रातदिन काटिरहेका मजदुरहरुको लागि भगवान बनेका छन् प्रदिप ।
अहिलेको अवस्थामा एक पटक केही राहत दिएर मात्र भोकभोकै परेकाहरुको समस्या समाधान नहुने भएकाले उनीहरुलाई निरन्तर खानेकुराको ब्यवस्था गर्नु आवश्यक रहेको प्रदिपले बताए । त्यसैले आपूmले सकेजति भोकै परेका मजदुरहरुलाई दैनिक खाना खुवाइरहेको उनको भनाई छ । लकडाउन लम्बिदै गएको अवस्थामा आपूmले सकुन्जेल उनीहरुलाई खाना खुवाउने पनि प्रदिपले बताए ।


एक पटक दुई/चार केजी चामल, दाल र फलपूmल राहात दिने र फोटो खिचेर यति सहयोग गर्यौं उति सहयोग गर्यौं भन्ने मानिस धेरै छन्, तर त्यस्तो सहयोगले अहिलेको अवस्थामा भोकै परेकाहरुको समस्या टर्दैन, त्यसैले म जतिदिनसम्म सक्छु त्यतिदिनसम्म उनीहरुलाई निरन्तर सहयोग गरिरहन्छु प्रदिपले भने । जसको चुलोकै ब्यवस्था छैन भने उनीहरुलाई काँचो चामल त्यही पनि एक पटक दिएर के हुन्छ ?


पीडामा परेका मानिसहरुलाई खाना खुवाउन जाने क्रममा लकडाउनको कारण बाटोमा खेप्नुपर्ने समस्याबाट प्रदिप आजित छन् । खाना खुवाउन दैनिक हिड्नु पर्छ, बाटोमा प्रहरीले रोक्छ, कहिले त घण्टौसम्म पनि रोकिदिन्छन् प्रहरीले, त्यस्तो बेला समयमै खाना पु¥याउन सकिदैन उनले भने । उता भोका पेटहरुले आपूmलाई कुरेर बसिरहेका हुन्छन्, यता आपूm घण्टौसम्म रोकिएर बस्नु पर्दा साह्रै दुःख लाग्छ प्रदिपले गुनासो गरे । उनले बसन्तपुर, कालिमाटी, ढल्कु, टेकु र चोभारसम्म पुगेर भोकै परेमा मानिसहरुलाई दैनिक खाना खुवाउँदै आएका छन् ।

Share this

प्रतिकृया

Add