विद्यार्थी नेता र तरकारी ब्यवसायिले खुवाए २०१ मजदुरलाई खाना

 सोमवार, असार १, २०७७ | onlinenews
Share this

१ असार, काठमाडौं– रामेछापको मन्थली नगरपालिका–१३ का अनेरास्ववियूका नेता सन्तोष चौहान र मन्थली नगरपालिका–१४ घर भई काठमाडौंको नयाँ बानेश्वरमा तरकारी तथा फलपूmल ब्यवसाय गर्दै आएका प्रविण खड्काले आइतबार २ सय १ मजदुरलाई खाना खुवाएका छन् ।
गत चैत्र २९ गतेदेखि ती सडक मजदुरहरुलाई दैनिक एकछाक खाना खुवाउँदै आएका रामेछापका प्रदिप घिमिरे मार्फत विद्यार्थी नेता चौहान र तरकारी तथा फलपूmल ब्यवसायि खड्काले २ सय १ मजदुरलाई खाना खुवाउन लाग्ने सम्पूर्ण खर्च सहयोग गरेका हुन् ।
मजदुरलाई खाना खुवाउन सहयोग गरि कोरानाभाइसरको कारण मजदुरी खोसिएर भोकै पर्नुभएका मजदुरहरुलाई खाना खुवाउने अभियानमा सहयोग गरेकामा विद्यार्थी नेता चौहान र ब्यवसायि खड्काप्रति युवा समाजसेवि प्रदिप घिमिरले धन्यवाद ब्यक्त गरे ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले लकडाउन घोषणा गरेसँगै रोजगारी गुमेपछि सडक पेटी, मठमन्दीर तथा पुलको साहरा लिएर बसेका सडक मजदुरहरूलाई ७८ दिनदेखि राहत वितरण र ६५ दिनदेखि खाना खुवाउँदै आएका घिमिरेले लकडाउन खुकुलो बनाइएपछि तत्कालको लागि खाना खुवाउने कार्यक्रमलाई स्थगित गरेका छन् ।

Share this

प्रतिकृया

Add