निर्माणाधिन बाख्रा फार्म हटाउन माग गर्दै सँधियारको उजुरी

 सोमवार, असार १, २०७७ | onlinenews
Share this

१ असार, रामेछाप– मन्थली नगरपालिका–८, गाइखुरामा सँधियारको विना सहमति थानापति बाख्रा पालन कृषक समूहले बाख्राको खोर निर्माण गरेको भन्दै न्यायिक समितिमा उजुरी दिएका छन् ।
कित्ता ५÷ख १ मा थानापति बाख्रा पालन कृषक समूहले निर्माण गरिरहेको बाख्राको खोरको पूर्व दिशाको सँधियार कित्त नम्बर ५÷ख १५८ का ओमप्रकाश पुरीले त्यसठाउँबाट बाख्रा फार्म हटाउन माग गर्दै मन्थली नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका हुन् ।
फार्म सञ्चालन गर्दा हुने वातावरणीय प्रदुषणलाई ख्याल नगरि साँधसँधियारको विना सहमति जवर्जस्ती बाख्रा फार्म सञ्चालन गर्न लागेकाले फार्म हटाउन माग गर्दै उजुरी दिइएको सँधियार ओमप्रकाश पुरीले जानकारी दिए ।

Share this

प्रतिकृया

Add