छोरीको हत्यारालाई कारबाही नहुँदा पीडामा डिल्लीमाया

 बुधबार, चैत्र ९, २०७३ | onlinenews
Share this

चैत्र ९, रामेछाप । रामेछाप जिल्लाको सैपु गाविस १ सिसन्दुकी डिल्लीमाया तामाङको आँखा पाँच वर्षदेखि ओभाएको छैन । छोरीको हत्या भएको ५ वर्षसम्म पनि हत्यारालाई कारबाही नहुँदा अहिले पनि उनी रोएरै दिन विताउछन् ।
२०६९ सालमा पैपुको सिरिसे बजारबाट घर फर्कदै गर्दा डिल्लीमायाकी १३ वर्षिय छोरी सुन्तली तामाङको बलात्कारपछि हत्या भएको थियो । बेलुका अबेरसम्म सुन्तली घर नआएपछि खोजतलासी गर्दा लिखु नदीको किनारमा मृत अवस्था फेला परेकी थिइन ।
मृत बालिकाको पोष्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या गरिएको पुष्टि गरेपछि डिल्लीमायाले छोरीका हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता गराएकी थिइन ।
जिल्ला प्रहरी कार्यालय रामेछापका तत्कालीन प्रहरी नायव उपरीक्षक सञ्जीव शर्माले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि अपराधिलाई उम्कने मौका मिलेको डिल्लीमायाको गुनासो छ ।
प्रहरीमा जाहेरी दिएपछि डल्लीमाया र उनको परिवारलाई रातदिन धम्की आएपछि आपूmले गाउँ छोड्न बाध्य भएको बताइन । हत्याराले नै आपूm र आफ्नो परिवारमा बारम्बार धम्की दिएको डिल्लीमायाको दावी छ ।
डिल्लीमायाको सबै परिवारलाई नै मार्ने धम्की आएपछि गाउँ छोडेर तीन वर्षसम्म परिवारसहित सिन्धुली जिल्लाको माइखोलामा भन्ने ठाउँमा बसिन् । त्यहाँ गिट्टी कुटेर परिवार पालेको उनले सुनाइन ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा आफ्नी छोरीको घटना बारे के भइरहेको छ भनि बुझ्न आइतबार मन्थली आएकी थिइन । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक कुमोध ढुङ्गेलले घटनाको  अभियुक्तको खोजि भइरहेको भनेको भन्दै अझै आपूmले न्याय पाउनेमा शंका व्यक्त गरिन ।
राष्ट्रिय मानव अधिकार आयोगले समेत घटनाको क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरेको तर आपूmले क्षतिपूर्ति नपाएको पनि डिल्लीमायाले गुनासो गरिन ।
सरकारले केही आर्थिक सहयोग गरे पनि क्षतिपूर्ति भने नपाएको उनको भनाई छ । अहिले डिल्लीमायाको दुई छोरा, पाँच छोरी र श्रीमान सहित ९ जनाको परिवार छ । पाँच छोरी मध्यय हत्या गरिएकी सुन्तली कान्छी छोरी हुन् ।
रामेछापको प्रहरी प्रमुख ढुङ्गेललाई भेटेर पत्रकारकोमा पुगेकी तामाङले डिएसपी ढुङ्गेको भनाइले आपूmलाई केही आशा जागेको बताइन । तर पूर्ण रुपमा विश्वास भने नरहेको उनले बताइन ।
डिएसपी ढुङ्गेलले आपूm रामेछापमा हुँदै अपराधिलाई पक्राउ गर्छु भन्नु भएको छ, त्यही भएर केही आशा लागेको छ डिल्लीमायाले भनिन् ।
छोरीको हत्यापछि न्यायको खोजीमा दौडिदादौडिदै आफ्नो पतिको पुख्र्यौली सम्पत्ति समेत सबै सकिएको भन्दै आफ्ना ज्यान गए पनि हत्यारालाई कारबाही गराएरै छाड्ने उनले बताइन ।
२०७२ सालको भूकम्पले घर भत्काइदिए पछि तीन वर्षपछि सिन्धुलीबाट  फर्केको डिल्लीमायाको परिवार अहिले टहरामा बस्दै आएको छ ।

Share this

प्रतिकृया

Add