कोरोनाको उपचारदेखि दशैँमा घर जाने खर्च समेत दिए सोमबहादुरलाई प्रदिपले

 बुधबार, कार्तिक १२, २०७७ | onlinenews
Share this

कार्तिक १२, काठमाडौं– लकडाउनसँगै रोजगारी पनि गुमेपछि काठमाडौंका सडक पेटीमा रातदिन काट्दै आएका बारा जिल्लाको निजगढ घर भएका सोमबहादुर लामालाई विरामी अवस्थामा सडक पेटीमा प्रदीपले फेला पारे ।
प्रदीपले भेट्दा सोमबहादुलाई धेरै नै ज्वरो आएको थियो । प्रदिपले उनलाई कोरोना जाँच गराउन सुझाव दिए । प्रदीपको सुझावलाई मान्न सोमबहादुर तयार भएपछि गत असोज २१ गते गाडी भाडा समेत दिएर कोरोना जाँचको लागि टेकु अस्पताल पठाए ।
स्वाव दिएर फर्र्किएका सोमबहादुरसँग अस्पतालमा रिपोर्ट लिनजाँन समेत पैसा नभएपछि प्रदिपले गाडी भाडा दिएर रिपोर्ट लिन पठाए । अस्पतालले रिपोर्ट त दियो तर रिपोर्टमा के छ भन्ने कुराको जानकारी दिएन । जब सोमबहादुरले रिपोर्ट ल्याएर प्रदिपलाई देखाए अनि थाहा भयो सोमबहादुरलाई कोरोना पोजेटिभ भएको कुरा ।
सोमबहादुरलाई कोरोना पोजेटिभ देखिएपछि उपचारको लागि धेरै हारगुहार गरे । प्रदिपकै अगुवाइमा बागमती प्रदेशका सांसद नरोत्तम बैधको सहयोगमा लामालाई आसोज २५ गते दहचोकस्थित मनोमोहन अस्पतालको आइसोलेसनमा राखियो । बडा दशैको नवमीको दिन उनको रिपोर्ट कोरोना नेगेटिभ आएपछि प्रदिपलाई भेट्न गए । त्यसदिन खानाको प्रबन्ध प्रदिपले नै गरिदिए र घर जानको लागि खर्च दिएर पठाए ।
रामेछापको मन्थली नगरपालिका–४ सालुका प्रदिप घिमिरे जसले सोमबहादुर तामाङजस्ता धेरै ब्यक्तिहरुलाई घर पठाइसकेका छन् । त्यतिमात्र हैन लकडाउनको कारण रोजगारी गुमेर सडक पेटीमा बास भएका मजदुरहरुलाई “एक छाक तातो खाना” खुवाउने अभियान नै चलाए उनले । रोजगारी गुमेर सडकमा अपलत्र परेका २ सय भन्दाबढी मजदुरलाई उनले दैनिक खाना खुवाए ।
सरकारले लकडाउन केही खुकुलो बनाएपछि केही समय प्रदिपले अलपत्र मजदुरहरुलाई खाना खुवाउन स्थगित गरे । लकडाउन खुकुलो भए पनि रोजगार गुमेका मजदुरहरु रोजगारीमा फर्कने अवस्था नरहेपछि ती मजदुरहरुलाई प्रदिपले पुनः खाना खुवाउँदै आएका छन् । धेरैजसोलाई सम्बन्धित निकायसँग समन्वय गरेर घर पठाइएको र अहिले १ सय मजदुरहरुलाई दैनिक खाना खुवाउँदै आएको अभियन्ता प्रदिप घिमिरेले बताए ।
प्रदिपले अहिले मैतिदेवि, सेतु पुल, पुरानो वानेश्वर, बत्तिस पुतली, गौशाला र पशुपति आसपासका सडकमा रहेका १ सय मजदुरलाई दैनिक खाना खुवाउँदै आएका छन् । ती मजदुरहरुलाई बेलुका दैनिक ८ बजेदेखि १० बजेकोबीचमा खाना खुवाउने गरिएको घिमिरले बताए । आर्थिक अभावको कारण पछिल्लो समय मजदुरहरुलाई खाना खुवाउन समस्या परिरहेको पनि घिमिरेले गुनासो गरे ।

Share this

प्रतिकृया

Add