नेपाली काँग्रेस चिसापानी–काठमाडौं सम्पर्क समितिद्धारा स्वास्थ्य सामग्री प्रदान

 आइतवार, जेष्ठ २, २०७८ | onlinenews
Share this

रामेछाप– जिल्लामा कोरोना भाइरस संक्रमितहरुको संख्या तीब्र रुपमा बढिरहेको अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले नेपाली काँग्रेस चिसापानी–काठमाडौं सम्पर्क समितिले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।
नेपाली काँग्रेस रामेछाप अन्तर्गत मन्थली नगरपालिका वडा नं. ८ का इकाई सभापति तथा चिसापानी–काठमाडौं सम्पर्क समितिको पहलमा मन्थली नगरपालिका–८ चिसापानीमा रहेको स्वास्थ्य चौकी र आयुर्वेद औषधालयलाई स्वास्थ्य सुरक्षा सामग्री तथा औषधी प्रदान गरिएको हो ।


स्वाथ्य चौकी तथा आयुर्वेद औषधालयलाई प्रदान गरिएको स्वास्थ्य सामग्री तथा औषधीहरुमा पिपिई सेट स्वास्थ्य चौकी ४ थान, आयुर्वेद औषधालय ४, थर्मल गन १/१ थान, अक्सिमिटर स्वाथ्य चौकी २ सेट, आयुर्वेद औषधालय १ सेट, हातमा लगाउने पञ्जा स्वास्थ्य चौकी १ सय ५० पिस, आयुर्वेद औषधालय ५० पिस, डिस्पोजेबल मास्क स्वास्थ्य चौकी एक सय थान, आयुर्वेद औषधालय ५० थान, स्यानिटाइजर स्वास्थ्य चौकीलाई ३ लिटर र आयुर्वेद औषधालयलाई २ लिटर प्रदान गरिएको छ ।


त्यसैगरी किटाणुनाशक क्लिनर स्वास्थ्य चौकी ३ लिटर, आयुर्वेद औषधालय २ लिटर, नेबुलाइजर मेशिन स्वास्थ्य चौकी एक सेट, फेस शिल्ड कभर स्वास्थ्य चौकी ६ तथा आयुर्वेद औषधालयलाई ६ सेट र प्यरासिटामोल स्वास्थ्य चौकीलाई १ हजार ट्याब्लेट र आयुर्वेद औषधालयलाई ५ सय ट्याब्लेट प्रदान गरिएको छ ।
त्यस्तै स्वास्थ्य चौकीलाई अजीथ्रोमाइसिन २ सय ५० ट्याब्लेट, साइनेक्स ५ सय ट्याब्लेट, फोर्टिप्लेक्स ६ सय क्याप्सुल र चोलेकासिफेरल ८० क्याप्सुल प्रदान गरिएको नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं. ८ का इकाई सभापति ओमप्रकाश पुरीले जानकारी दिए । स्वास्थ्य चौकी र आयुर्वेद औषधालयलाई गरि ५१ हजार २ सय रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री तथा औषधी प्रदान गरिएको पनि उनले बताए ।

Share this

प्रतिकृया

Add