एक वर्षदेखि गरीब दुःखीलाई निःशुल्क भोजन गराउँदै आएका समाजसेवि घिमिरेलाई कुमारी बैंकको सहयोग

 बुधबार, जेष्ठ १९, २०७८ | onlinenews
Share this

रामेछाप– पछिल्लो समय चर्चाको शिखरमा छन् रामेछापका सक्रिय युवा समाजसेवी प्रदिप घिमिरे । घिमिरे लामो समयदेखि विभिन्न समामाजिक कार्यमा व्यस्त भएका युवा हुन् । उनले नेपालमा कोरोना भाइरसको संक्रमण देखापरेपछि नेपाल सरकारले लकडाउन गरेसँगै दैनिक ज्याला मजदुरी गरेर जिविको चलाइरहेका गरीब दुःखीहरु खान नपाएर सडक पेटीमा आएपछि चुलो निभेकाहरुलाई खाद्यान्न सामग्री र जसको चुलो नै छैन उनीहरुलाई तातो खाना खुवाउदै आएका थिए ।
सो कार्यलाई अनवरत रुपमा हालसम्म पनि निरन्तरता दिइरहेका छन् । घिमिरेले मानब मात्र नभएर पशुपंक्षीहरुको पनि सेवा गर्दै आएका छन् । उनले हालसम्म लाखौं व्यक्तिलाई भोजन सेवा गराउनुका साथै हजारौंलाई खाद्यान्न सहयोग गरेका छन् भने हजारौंको उद्दार समेत गरेका छन् ।
प्रदिप ती गरीब, दुःखी र सडक मजुदरहरुको मन मस्तिष्कमा बस्न सफल भएका छन् । प्रदिपले गरेको समाजसेवाप्रतिको लगनशीलता देखेर मनकारी व्यक्ति तथा संस्थाले पनि साथ दिँदै आएका छन् । ‘पृथ्वी सबैको साझा फूलबारी हो’ खान, लाउन, बाच्न र हाँस्न सबैले पाउनुर्पछ भन्ने समाजसेवी घिमिरे सेवा नै धर्म हो भनेर समाज सेवामा लागेका उदाउँदो सूर्यका किरण हुन् । घिमिरे आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र गरीब दुःखीको आँसु पुछ्न तल्लिन छन् ।
प्रदिप गरीब, दुःखीहरुको लागि भगवान् बन्न सफल भएका छन् । प्रदिपले गरेको कामको उच्च मूल्यांन गर्दै गरीब दुःखीहरुलाई भोजन सेवा गराउन कुमारी बैंकले ५० हजार रुपैयाँ प्रदान गरेको छ । ‘सबैका लागि, सँधैका लागि’ भन्ने मूल नारा बोकेर स्थापित भएको कुमारी बैंक राम्रो बैंकको सूचीमा पर्दछ । कुमारी बैंक निरन्तर समाजिक सेवामा आफूलाई स्थापित गर्दै आइरहेको छ । गरीब दुःखीलाई खाना र खाद्यन्न सहयोग गर्नको लागि कुमारी बैंकबाट ५० हजार रुपैया सहयोग रकम पाएकोमा घिमिरेले बैंकलाई हार्दिक धन्यवाद साथै कुमारी बैंकको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

उनी भन्छन्– हामीले गरेको पुण्य कार्यमा स्वदेश तथा विदेशदेखि साथ सहयोग, हौसला, प्रेरणा, उर्जा र शुभ आर्षिवाद दिनुहुने सबैलाई एकमुष्ट शिर निहुराएर हार्दिक नमन गर्दछु । प्रदिप भन्छन् परोपकार पुण्यायः (सेवा नै धर्म हो ।)
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु, मा कश्चिद् दुख भागभवेत । पृथ्वीमा भएका सबै सुखी हुन्, सबै रोग मुक्त रहुन, सबै मंगलमय घटनाका साक्षी बनुन र कोही पनि दुःखको भागी हुन नपरोस ।) प्रदिपको भनाई छ ।

(सामाजीक सेवामा सक्रिय युवा समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य) रामेछाप जिल्ला, मन्थली नगरपालिका–४ सालुका स्थानीय हुन् । यदि प्रदिपको सेवा कार्यमा हातेमालो गर्न चाहनुहुन्छ भने ९८४१ १४ १४ ६८ सिधा सम्पर्क गर्न सक्नुहुन्छ ।)

Share this

प्रतिकृया

Add

Comments are closed.

3 COMMENTS
  • Pradip Ghimire Amulya

    हामीले गरेको सेवा कर्मबारे समाचारका माध्यमबाट थप प्रकाश पार्नु भएकोमा आदरणीय सर श्री राजन महतराज्यू एवम् https://erechhp.com को सम्पूर्ण परिवारप्रति हार्दिक नमन गर्दछु । कोभिड १९ ले सिङ्गो विश्व आक्रान्त बनिरहेको विसम परिस्थितिका बाबजुत दुःखी गरीबलाई निशुल्क: खाना र खाद्यान्न प्रदान गर्नको लागि सहयोग रकम उपलब्ध गराउनु भएकोमा कुमारी बैकप्रति हार्दिक आभार व्यक्त गर्दछु साथै कुमारी बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । आगामी दिनहरुमा पनि कुमारी बैकको साथ, सहयोग, हौसला, प्रेरणा र आशिर्वादको अपेक्षा गरेको छु ।साथै हाम्रो अभियानमा जोडिएर स्वदेश तथा विदेशबाट साथ, सहयोग, हौसला, उर्जा, प्रेरणा र आशिर्वाद दिनुहुने समस्त सहयोगी मनहरुलाई शिर निहुर्याएर हार्दिक–हार्दिक कृतज्ञता ज्ञापन गर्दै हजुरहरु सबै सबैमा शुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
    ……………………………..
    Pradip Ghimire Amulya
    फोन नं.: 9841141468
    फेसवुक https://www.facebook.com/amulya.ghimire

  • Pradip Ghimire Amulya

    हामीले गरेको सेवा कर्मबारे समाचारका माध्यमबाट थप प्रकाश पार्नु भएकोमा आदरणीय सर श्री सुमित श्रेष्ठज्यू एवम् https://hamroonlinenews.com को सम्पूर्ण परिवारप्रति हार्दिक नमन गर्दछु । कोभिड १९ ले सिङ्गो विश्व आक्रान्त बनिरहेको विसम परिस्थितिका बाबजुत दुःखी गरीबलाई निशुल्क: खाना र खाद्यान्न प्रदान गर्नको लागि सहयोग रकम उपलब्ध गराउनु भएकोमा कुमारी बैकप्रति हार्दिक आभार व्यक्त गर्दछु साथै कुमारी बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । आगामी दिनहरुमा पनि कुमारी बैकको साथ, सहयोग, हौसला, प्रेरणा र आशिर्वादको अपेक्षा गरेको छु ।साथै हाम्रो अभियानमा जोडिएर स्वदेश तथा विदेशबाट साथ, सहयोग, हौसला, उर्जा, प्रेरणा र आशिर्वाद दिनुहुने समस्त सहयोगी मनहरुलाई शिर निहुर्याएर हार्दिक–हार्दिक कृतज्ञता ज्ञापन गर्दै हजुरहरु सबै सबैमा शुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।