रामेछापमा वृक्षारोपण गरेर मनाइयो विश्व वातावरण दिवस

 शनिबार, जेष्ठ २२, २०७८ | onlinenews
Share this

रामेछाप– रामेछाप जिल्लामा विश्व वातावरण दिवसको अवसर पारेर बृक्षारोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण परियोजना रामेछापले डिभीजन बन कार्यालय रामेछापसँगको समन्वयमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो । सामुदायिक विकास समाजद्धारा सञ्चालीत परियोजनाले मन्थलीस्थित भैसेश्वर चोकदेखि सुकाजोर खोलासम्म सडक किनारामा वृक्षारोपण गरेको हो ।


सडक किनारामा गुल्मोर, राजबृक्ष, विरेन्द्र पूmल, सिउँडी, बकाइनो लगायतका ३ सय ५० वटा विरुवा रोपिएको सामुदायिक विकास समाज रामेछापका कार्यकारी निर्देशक तथा वातावरण संरक्षण परियोजनाका ब्यवस्थापक मिलनकुमार घिसिङले जानकारी दिए ।
आफ्ना सन्ततीको सुखको लागि धनसम्पत्ती आर्जन गर्नु पर्दछ भनेर हामीले सोचेका हुन्छौं तर हामीले हाम्रा सन्ततीको लागि पानी र स्वास फेर्नको लागि हावा (अक्सिजन) पनि आवश्यक छ भन्ने कुरालाई सबैले मनन् गर्नुपर्ने बेला आएको घिसिङले बताए । हामीले पानी र हावाको संरक्ष गर्न सकेनौं भने हाम्रा सन्ततीले धेरै ठूलो मूल्य चुकाउनु पर्ने उनको भनाई छ । बन जंगल, पर्यावरण र नदीनालाको संरक्षमा जुट्न घिसिङले आम मानिसलाई अपिल समेत गरे ।


यस वर्षको वातावरण दिवसको नारा ‘सुरक्षित जीवनका लागि जैविक विविधता’ भन्ने रहेको छ । रामेछाप जिल्ला सुख्खाग्रसत क्षेत्रमा पर्ने भएकाले विरुवाहरु हुर्काउन चुनौती रहेको डिभीजन बन कार्यालय रामेछापका प्रमुख नारायण श्रेष्ठले बताए । विरुवा रोप्ने मात्रै नभएर बाख्र बस्तुबाट जोगाउन टिगार्डको समेत ब्यवस्था गरिएकाले यसपाल रोपिएका विरुवाहरु हुर्किनेमा आपूm विश्वस्त रहेको पनि कार्यालय प्रमुख श्रेष्ठले बताए । विरुवामा सिंचाईको लागि डिभीजन बन कार्यालयमा रहेको ट्यांकर प्रयोग गरिने र विरुवालाई पानीको कमी हुन नदिने समेत कार्यालय प्रमुख श्रेष्ठले बताएका छन् ।
सुख्खाग्रस्त क्षेत्रमा पर्ने रामेछाप जिल्लामा हरियाली प्रबद्र्धन गर्ने उद्देश्यले विगत तीन वर्षदेखि वातारण संरक्षण परियोजनाले बृक्षारोपण कार्यक्रम गर्दै आएको छ । सडक पेटीमा रोपिएको विरुवाको संरक्षणको लागि बाँसको टिगार्ड लगाएर बारिएको छ ।


गत वर्ष तिलेचोक काविदेवि सामुदायिक बनले वातावरण संरक्षण परियोजनाको सहयोगमा ६ सय वटा विरुवा रोपेको थियो । यसवर्ष २ सय वटा विरुवा रोप्ने योजना रहेको सोही सामुदायिक बनका अध्यक्ष मेघराज घिमिरेले जानकारी दिए ।
संघीय माहिला तथा आर्थिक विकास मन्त्रालय जर्मनीको आर्थिक सहयोग र तेरे दे जोम्स जर्मनीको समन्वय रहेको ‘वातावरण संरक्षण’ परियोजना रामेछाप जिल्लामा सामुदायिक विकास समाज मन्थली, रामेछाप, जनशक्ति विकास कार्यक्रम गोल्माटार र सृजनशिल युवा समाज चिपापानीको साँझेदारीमा सञ्चालन भइरहेको छ । सो परियोजनाले तीन वर्षमा ९ लाख विरुवा हुर्काउने उद्देश्यले लिएको छ ।

वातावरण दिवसमा रेडियोबाट कविता बाचत तथा पुस्तक बिमोचन

विश्व वातावरण दिवसको अवसरमा पिएसएफ लक्जेवर्गको आर्थिक सहयोग तथा तेर दे जोम्स जर्मनी मार्फत सामुदायिक विकास समाजद्वारा संचालित महिला तथा बाल स–शक्तिकरण स्वास्थ तथा सरसफाई परियोजना अन्तर्गत बाल क्लबमा आवद्ध बालबालिकाहरुको लागि रेडियोमा वातावरणसँग सम्बन्धित कविता बाचन कार्यक्रमको आयोजना गरिएको थियो ।
कविता बाचन कार्यक्रममा ३८ जना बालबालिकाहरुको सहभागिता रहेको परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए । त्यसैगरी वातावरण संरक्षण परियोजना अन्तर्गत भए, गरेका गतिविधि तथा स्थानीय जनमुदायको रचना र अनुभवलाई समेटर प्रकाशित गरिको पुस्तकको विमोचन समेत गरिएको छ ।

Share this

प्रतिकृया

Add