लकडाउनका कारण समस्यामा परेका ५० घर परिवारलाई राहत वितरण

कोभिडको आहतमा आफ्नैको साथ

 आइतवार, जेष्ठ ३०, २०७८ | onlinenews
Share this

रामेछाप– दोरम्वा गाउँपालिका वडा नं. २ दोरम्वाबाट अध्ययन, स्वास्थ्य उपचार र रोजगारीका सिलसिलामा काठमाठौंमा रहेका हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण समस्यामा परेका ५० घर परिवारलाई राहत प्रदान गरिएको छ ।
काकलिङ माध्यमिक विद्यालय पूर्वविद्यार्थी समाजको अगुवाइमा समाजका पदाधिकारीहरु साथै दोरम्वाका समाजसेवीहरुको सहयोगमा प्रत्येक घर परिवारलाई २५ केजीको १ बोरा चामल, दाल २ केजी, मस्यौरा १ केजी, तेल १ लिटर, नून २ प्याकेट र चिनी १ केजिका दरले खाद्यन्न राहत उपलव्ध गराइएको हो ।
यस पुणित कार्यमा दोरम्वाकै समाजसेवी रत्नप्रसाद कडेलद्धारा १५ हजार रुपैयाँ, समाजसेवी रविन शैलुङ (थिरबहादुर थापामगर) १५ हजार रुपैयाँ, समाजसेवी नारायण श्रेष्ठ ७ हजार रुपैयाँ, समाजसेवी राजिव घिसिङ १० हजार रुपैयाँ, समाजसेवी वाला लामा ५ हजार रुपैयाँ, समाजसेवी एवं पूर्वविद्यार्थी समाजका पदाधिकारीहरु मिलन कुमार घिसिङ १५ हजार रुपैयाँ, शितल मोक्तान ७ हजार रुपैयाँ, सचिव पदम वि.क. १० हजार रुपैयाँ र सदस्य कुमार महतेले ५ हजार आर्थिक सहयोग उपलव्ध गराएका थिए ।
साथै समाजसेवी राजु योन्जनले ३ दिनसम्म खाद्यन्न ढुवानीका लागि सावरी साधन निशुल्क उपलव्ध गराइएका थिए । त्यस्तै दोलखा स्थायी घर भई हाल काठमाडौं बस्दै आएका समाजसेवी एव उद्यमी कुमार खरेलले पनि १० हजार रुपैयाँ सहयोग गरेका छन् ।
लकडाउनका कारण रोजगारी गुमेकाले आर्थिक संकटबाट गुज्रनु परेको अवस्थामा आफ्नै गाउँका समाजसेवी मनकारी व्यक्तिहरुको सहयोगमा खाद्यन्न राहात पाउदा ठूलो सहयोग पुगेको राहत प्राप्त गर्नेहरुको भनाई छ ।
कतिपय उपचारको सिलसिलामा काठमाडौं आएको तर हाल लकडाउनका कारण अप्ठ्यारो स्थितिमा परेका, दैनिक ज्याला मजदुरी गर्ने, एकल महिला, वृद्धवृद्धा, अपंङ्गता लगायत आर्थिक रुपमा अप्ठ्यारोमा परेका आफ्नै घरगाँउले दाज्यूभाइ दिदी बहीनीलाई सघाउन पाएकोमा खुशि लागेको यस अभियानका मुख्य संयोजक एवं संस्थाका अध्यक्ष मिलन कुमार घिसिङले बताए ।
राहत सामग्री प्रत्येक ब्यक्तिको कोठाकोठामै पुर्याइएको थियो । राहत वितरणमा खटिएका मध्ये रुद्र श्रेष्ठले कोठा कोठामा नै राहत पुर्याउदा वास्तविक अप्ठ्यारोमा परेका व्यक्तिले मात्र सहयोग पाएको साथै गाउँबासीहरुको बीचमा चिनजान र आत्मीयता समेत बढेको बताए ।
संस्थाका उपाध्यक्ष शितल मोक्तानले—लकडाउन अवधीभरका लागि अझै अप्ठ्यारो अवस्थामा रहेका घर परिवारलाई निरन्तर सहयोग गर्ने बताइन ।
यस संस्था पूर्व विधार्थीहरुबीच आपसी ज्ञान, सीप, अनुभवहरुको आदनप्रदान गर्ने साथै पारस्पारिक सहयोग, सहकार्य मार्फत श्री काकलिङ माध्यमिक विद्यालयको शैक्षिक उन्नयनका लागि सहयोग गर्ने साथै अन्य सामाजिक हित, भलाई तथा मानव कल्याणका कामहरु गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाका सचिव पदम विश्वकर्माले बताए ।

Share this

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • मिलन घिसिङ

    उर्जाप्रद र हौसलादायक समचार सम्प्रेषण गर्नु भएकोमा हार्दिक धन्यवाद ।