रामेछाप पाँच स्थानीय तहले बजेट मन्त्रालयको प्रणालीमा इन्ट्री गराएनन्

 मङ्लबार, असार २९, २०७८ | onlinenews
Share this

 रामेछाप- रामेछापका पाँच स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट अझै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रणालीमा इन्ट्री गरेका छैनन् । जिल्लामा दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी आठ वटा स्थानीय तह रहेका छन् ।
तीमध्ये रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका, लिखुतामाकोशी गाउँपालिका र सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट मन्त्रालयको प्रणालीमा इन्ट्री नगरेका हुन् ।
तर, मन्थली नगरपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाले भने मन्त्रालयको प्रणालीमा इन्ट्री गराइसकेका छन् । यसैबीच, ओखलढुङ्गाका आठ स्थानीय तह मध्ये ६ वटा स्थानीय तहले मन्त्रालयको प्रणालीमा आगामी आर्थिक वर्षको बजेट इन्ट्री गराइसकेका छन् । जिल्लाको खिजीदेम्बा गाउँपालिका, चिशङ्खुगढी गाउँपालिका, मानेभञ्झ्याङ गाउँपालिका, मोलुङ गाउँपालिका, लिखु गाउँपालिका र सुनकोशी गाउँपालिका लगायतका ६ स्थानीय तहले मन्त्रालयको प्रणालीमा बजेट प्रविष्ट गराइसकेका छन् । तर, अहिलेसम्म सिद्धिचरण नगरपालिका र चम्पादेवी गाउँपालिकाले बजेट इन्ट्री गरेका छैनन् ।
यसैगरी, उदयपुरका आठ स्थानीय तहमध्ये ६ वटाले आगामी आर्थिक वर्षको बजेट मन्त्रालयको प्रणालीमा दर्ता गराइसकेका छन् । अहिलेसम्म कटारी नगरपालिका र लिम्चुङबुङ गाउँपालिका लगायतका तीन स्थानीय तहले बजेट दर्ता प्रणालीमा इन्ट्री नगराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाइडमा उल्लेख छ । यस्तै, सिन्धुलीका ९ वटै स्थानीय तहले दर्ता गराइसकेका छन् । तर, अर्थ मन्त्रालयले गाउँ÷नगर सभाबाट पास गराएर मात्रै बजेट खर्च गर्न पालिकाहरूको ध्यानाकर्षण गराएको छ । असार १० गतेसम्म गाउँ÷नगर सभामा बजेट पेस गर्नुपर्ने तथा सञ्चित कोषमाथि व्ययभार हुने रकम बाहेकका अन्य कार्यक्रम समावेश गरेर बजेट स्वीकृत गर्ने र खर्च गर्नुपर्ने कानुनी प्रावधान छ । समयमै बजेट ल्याउन नसक्ने स्थानीय तहलाई आगामी आर्थिक वर्षको वित्तीय हस्तान्तरण कार्यसम्पादन मूल्यांकनमा कम अंक दिने गरिन्छ । यसले स्थानीय तहले संघबाट प्राप्त गर्ने अनुदान प्रभावित हुन्छ । संघले जेठ १५ गतेसम्म र प्रदेशले असार १ गतेसम्ममा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

Share this

प्रतिकृया

Add