खोटाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू

 आइतवार, चैत्र १३, २०७३ | onlinenews

खोटाङ, चैत १३ खोटाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको छ । जिल्लामा साना व्यावसायिक कृषि उत्पादन केन्द्र अन्तर्गत पकेट, ब्लक र जोन परियोजना शुरु गरिएको हो ।
कृषि पेशाको व्यवसायिकरण गर्दै जिल्लाको आर्थिक उन्नतिका लागि परियोजना शुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाइले जनाएको छ ।
ब्लक परियोजना सञ्चालनका लागि अदुवा र बेसारको एउटा तथा अलैंचीको एउटा ब्लक निर्धारण गरिएको छ । यस्तै, दिक्तेल, नुनथला र दुर्छिमलाई मकैका लागि जोन परियोजना सञ्चालन गर्न छनोट गरिएको छ । पकेट परियोजना सञ्चालनका लागि भने हाल जिल्लामा स्थान निर्धारणको काम भइरहेको जनाइएको छ । परियोजना सञ्चालनका लागि जिल्लामा यस वर्ष करिब ८९ लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिकृया

Add