संघ र प्रदेश सरकारले समयमा कानून नबाइदिंदा संयुक्त अधिकारहरु प्रयोग गर्न सकिएन: नगरप्रमुख वस्नेत

 बिहिबार, मंसिर १६, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले संघ र प्रदेश सरकारले समयमा कानून नबाइँदिदा आफूहरुले संयुक्त अधिकारहरु प्रयोग गर्न नपाएको बताए । मन्थली नगरपालिकाको ८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख बस्नेतले यस्तो बताएक हुन् ।
उनले संघ र प्रदेश सरकारले समयमा कानूनहरु निर्माण नगर्दा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारहरु प्रयोग गर्न नपाएको बताए । विभिन्न आलोचना र टिकाटिप्पणलाई सामना गर्दै नगरभित्रका स्रोत साधनलाई समुचित ढंगले परिचालन गरेर विकासका कामहरुलाई अघि बढाइएको नगरप्रमुख वस्नेतले बताए ।
नगरभित्र बसपार्क निर्माण नभएको बताउँदै उनले बसपार्क निर्माणका लागि शहरी विकास मन्त्रालय र नगरपालिकाबीच छिट्टै सम्झौता हुने बताए । फोहोर व्यवस्थापनका लागि आवश्य पूर्वाधार निर्माण गर्न चाँडै नै डिपिआर तयार गरी संघीय सरकारसँग समन्वय गर्ने नगरप्रमुख बस्नेतको भनाई छ ।
नगरपालिकाले अघि सारेको सबैभन्दा ठूलो गौरवको आयोजना तीनलाल स्मृति पार्क निर्माणको काम भइरहेको उनले बताए । नगरभित्र रहेको सबैभन्दा ठूलो धार्मिक स्थल वैरमहादेव मन्दिरमा सिडी निर्माण लगायतका काम अन्तिम चरणमा पुगेको, मन्दिर परिसरमा दर्शनार्थीहरुलाई नुहाउनका लागि बाथरुम निर्माणको कामहरु भइरहेको नगरप्रमुख बस्नेतले जानकारी दिए ।
नगरको दुई करोड दश लाख रुपैयाँ र प्रदेश सरकारको पाँच करोड रुपैयाँको लागतमा निर्माणको चरणमा रहेको चिस्यान केन्द्र आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको बताए । उनले अबको केही दिनभित्र हस्तान्तरण हुने बताए । तरकारी संकलन केन्द्र स्थापन गरिएको र सहकारीहरुलाई तरकारी ढुवानीका निमित्त गाडी खरिदन गर्ने तयारी भइरहेको पनि बस्नेतले जानकारी दिए ।
घरेलु तथा साना उद्योग र नगरपालिकाको सहकार्यमा किसानहरुको उत्पादन राख्नका लागि विपी चोक नजिँकै कोसेली स्थापना गरिएको बताए । किसानहरुको उत्पादन राख्नका लागि गोदाम घरको निर्माण गरिएको र साना उद्यमीहरुको विकासको लागि ४५ लाखको कोषको व्यवस्था समेत गरिएको बस्नेतले बताए । कृषि र पशुपञ्छीको क्षेत्रमा नगरपालिकाले उल्लेख्य सफलता हासिल गरेको नगरप्रमुख बस्नेतको भनाई छ ।
आगामी वर्षबाट नापी र मालपोतका कामहरु नगरपालिकाबाटै प्रवाह गर्ने व्यवस्था मिलाउने बताए । त्यसका लागि आवश्यक तयारी भइरहेको उनको भनाई छ । मन्थलीमा ढल व्यवस्थापनको कामले अझैँ पूर्णता नपाएको बताउँदै उनले त्यसको व्यवस्थापा आफूहरु लागिपर्ने बताएका छन् ।
यसैबीच, रामेछापको सदरमुकाम मन्थलीमा नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री स्वर्गिय मनमोहन अधिकारीको प्रतिमा अनावरण गरिएको छ । मन्थली नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय अगाडि पार्कमा राखेको अधिकारीको सालिक बिहीबार अनावरण गरिएको हो । मन्थली नगरपालिकाको स्थापना दिवसको अवसर पारेर नगरप्रमुख रमेशकुमार बस्नेतले प्रतिमा अनावरण गरेका हुन् । नगरकार्यपालिको अगाडि खाली रहेको जग्गामा नगरपालिकाले सानो पार्क बनाएको छ । सोही पार्कमा स्वर्गीय अधिकारीको प्रतिमा राखिएको छ ।

Share this

प्रतिकृया

Add