सहकारी विकासका लागि एकिकरण आवश्यक: बस्नेत

 शनिबार, पुस २४, २०७८ | onlinenews
Share this

रामेछाप । राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बि.बस्नेतले सहकारी संस्थाको समग्र विकासका लागि छरिएर रहेका संस्थाहरुको एकिकरण आवश्यक रहेको बताए । सहकारीहरुले नेपालको आर्थिक विकासमा ठूलो योगदान दिएको बताउँदै सहकारी संस्थाहरुको ध्यान उत्पादन क्षेत्रमा केन्द्रित हुनुपर्ने बताए । रामेछाप जिल्ला वचत तथा ऋण सहकारी संघको १४ औं बार्षिक साधारण सभालाई संवोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् ।
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले सहकारी संस्थाहरु सरकारले तोकेको दायरामा नआउँदा अनुगमन तथा नियमनमा समस्या भएको बताए ।
जिल्ला सहकारी संघ रामेछापका कार्यवाहक अध्यक्ष हिमाल ढुङ्गेलले तीन खम्बे अर्थनीति मध्ये एउटा खम्बाका रुपमा रहेको सहकारी संस्थाको विकासमा सरकारले ध्यान नदिएको गुनासो गरे । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका नायव महाप्रवन्धक बाबुल खनाल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्व अध्यक्ष गोविन्दप्रसाद घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
रामेछाप जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा भएको साधारण सभाले संघका महासचिव नविन के.सी. द्धारा प्रस्तुत कार्यक्रम प्रतिवेदन, कोषाध्यक्ष पार्वती पाठकद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक प्रज्ञान खड्काद्धारा प्रस्तुत लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।
साधारण सभाको अवसरमा फरक क्षेत्रमा उत्कृष्ट काम गर्ने ३ वटा सहकारी संस्थालाई सम्मान गरिएको छ । सम्मानित हुने सहकारी संस्थाहरुमा मन्थली बचत तथा ऋण सहकारी संस्था, नवजागरण वचत तथा ऋण सहकारी संस्था र सुप्रज्ञा बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
यसैगरीबीच राष्ट्रिय सहकारी महासंघको आयोजनामा सहकारी एकिकरण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । महासंघका संचालक सदस्य डि.बि. बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का, जिल्ला सहकारी संघ रामेछापका कार्यवाहक अध्यक्ष हिमाल ढुंगेल र नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरे लगायतका बक्ताहरुले सहकारी संस्था एकिकरणका विषयमा धारणा राखेका थिए । अभिमुखिकरण कार्यक्रमको सहजिकरण राष्टिय सहकारी महासंघका नायव महाप्रवन्धक बाबुल खनालले गरेका थिए ।

Share this

प्रतिकृया

Add