रामेछाप कारागारबाट २४ कैदी मुक्त

 सोमवार, जेष्ठ १६, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप– १५औँ राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा रामेछाप जिल्ला कारगारबाट २४ जना कैदी छुटेका छन् । विभिन्न कसूरमा कसूर प्रमाणित भई जिल्ला कारागार रामेछापमा रहेर ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिसकेका २४ जना कैदी छुटेका हुन् । ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कर्तव्य ज्यान मुद्दाका कसूरदार नवलपरासीका रेशमबहादुर राई, सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ६ का नकुल कार्की, सिन्धुलीको कुशेश्वर दुम्जाका बिक्रम हायु, सुजन हायु, भिमबहादुर हायु, सुरेश हायु, सिन्धुलीकी अप्सरा हुमागाई, धनुषाका सञ्जय बम्जन, सिकन्दर मुखिया, नुवाकोटका सुशन प्याकुरेल र उदयपुरका मेसक राई रहेका छन् । यस्तै, कर्तव्य ज्यान तथा जबरजस्ती चोरी मुद्दाका कसूरदार मोरङका इसाक राई र सवारी ज्यान तथा अङ्गभङ्ग मुद्दाका कसूरदार रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ का बुद्ध मोक्तान पनि छुटेका छन् । जिल्ला कारागार रामेछापका अनुसार उनीहरुले ५० प्रतिशत कैद भुक्तान गरिसकेका छन् । यस्तै, उदयपुरको त्रियुगा नगरपालिका वडा नं. २ का गजेन्द्र राई, सोही नगरपालिकाको वडा नं. ५ का सञ्जिव सदा, सिन्धुपाल्चोकस्थित ठोकर्पाका बलबहादुर पहरी, दोलखाका ओमशरण थापा, दीर्घ बहादुर वि.क., लम्जुङका कालु तामाङ, कपिलवस्तुका उजैर भनिने सफिउर रहमान, रामेछापको उमाकुण्ड गाउँपालिका ७ का ज्ञानकुमार सुनुवार र कर्तव्य ज्यान र जबरजस्ती चोरी मुद्दाका कसूरदार गुल्मीका हर्क बहादुर घर्ती लगायतका व्यक्तिहरुको पनि कैद कट्टा भएको जिल्ला कारागार रामेछापका प्रमुख रामकृष्ण घिमिरेले बताए । उनकाअनुसार उनीहरुले हालसम्म ४० प्रतिशत कैद भुक्तान गरिसकेका थिए । कैद कट्टाका लागि ३० जना कैदीको नाम सिफारिस गरि पठाइएकोमा सरकारले २३ जनाको मात्रै सदर गरी कैद कट्टा गरिदिएको कारागार प्रमुख जेलर घिमिरेले बताए । रामेछाप कारगारमा रहेका अर्का एक व्यक्ति पनि कारागारमुक्त भएका छन् । अन्य जिल्लाबाट सिफारिस भई कैद कट्टा भएर आएकाले उनलाई पनि छाडिएको उनको बताए । अहिले २ सय ९२ जना पुरुष र १० जना महिला गरी जम्मा ३ सय २ जना कैदी कारागारमा रहेका उनले बताए ।

प्रतिकृया

Add