आफ्नै शिक्षकको पिटाइबाट २८ विद्यार्थी घाइते, शिक्षक भन्छन्ः घटना समान्य हो

 शुक्रबार, जेष्ठ २०, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप– मन्थली माध्यमिक विद्यालयमा शिक्षकको पिटाइबाट २८ जना विद्यार्थी घाइते भएका छन् । कक्षा ५ मा अंग्रेजी विषय पढाउने शिक्षक तारा श्रेष्ठको कुटाइबाट २८ जना विद्यार्थी घाइते भएका हुन् । आफनो कक्षा कोठा सफा नगरेको भन्दै शिक्षकले विद्यार्थीलाई कटुपिट गरेको सम्बन्धित बालबालिकाका अभिभावकले बताएका छन् । शिक्षक श्रेष्ठको कुटाइबाट बालबालिका घाइते समेत भएको बताइएको छ । घाइते बालबालिकाको शरीरमा सिर्कनाको नील डाम रहेको बताउँदै अभिभाबकहरुले घटनाबारे छानबीन गरी बालबालिकालाई यातना दिने शिक्षकलाई कारबाही गर्न विद्यालय प्रशासनसँग माग गरेका छन् । मंगलबार दिउँसो अध्यापन गराउने क्रममा आफनो घण्टिको समयमा शिक्षका श्रेष्ठले कोठा सफा गराउन बालबालिकालाई निर्देशन दिएकी थिइन् । आफ्नो निर्देशनअनुसार बालबालिकाले कक्षाकोठा सरसफाइ नगरेपछि सिर्कना लगाएर कुटपिट गरेको अभिभावकले बताएका छन् । शिक्षक श्रेष्ठले बच्चाहरुलाई पिट्दा कक्षा कोठामा ठूलो रुवावासी र कोलाहल चलेको कुरा घरमा गएर बालिबालिकाले सुनाएपछि थाहा पाएको अभिभावकले बताए । त्यस विषयमा अविभावकहरु बुधबार विद्यालयमा डेलिगेसन समेत गएका थिए । त्यसक्रममा उनीहरुले विद्यालय प्रशासनको ध्यानाकर्षण गराउँदै आफ्ना बालबालिका पिट्नुको कारण खोजी गरी शिक्षका श्रेष्ठलाई कारबाही गर्न माग गरेका थिए । तर, सोही विद्यालयका शिक्षक चन्द्रसिंह धामीले भने घटना सामान्य भएको बताउँदै अविभावक र शिक्षकहरुको रोहबरमा समस्याको समाधान भइसकेको जानकारी दिए ।

प्रतिकृया

Add