काठमाडौंको कोटेश्वरमा आयो, सुविधा सम्पन्न रानीमहल रोधीघर

हप्तामा दुई पटक लाइभ दोहोरी

 बुधबार, भदौ २९, २०७९ | onlinenews

काठमाडौं– नेपाली काँग्रेस रामेछापका युवा नेता, सफल व्यवसायि सुशील बुढाथोकीले काठमाडौंको कोटेश्वरमा सुबिधा सम्पन्न रोधी घर सञ्चालनमा ल्याएका छन् । कोटेश्वरदेखि महादेवस्थान जाने चोकैमा करिब १ करोड ५० लाखको लगानीमा रानीमहल रोधीघर सञ्चालनमा ल्याएका हुन् । रोधी घरमा राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारहरुको बेजोड प्रस्तुतिमा रम्न र रमाउन सकिने साथै पारिवारिक वातावरण रहेको सञ्चालक बुढाथोकी बताए ।


रोधीघर सञ्चालनमा आएसँगै ३५ जनाले रोजगार समेत पाएका छन् । रामेछापको मन्थली नगरपालिका वडा नं १२ गेलुमा जन्मिएका बुढाथोकीले आफ्नै एकल लगानीमा रोधीघर सञ्चालन गरेका हुन् । अन्य रोधीघर भन्दा फरक ढंगले संचालन गर्ने उनी बताउँछन् । चाँडै नै महिनामा दुई पटक लाइभ दोहोरी पनि संचालन गर्ने उनको भनाई छ ।

प्रतिकृया

Add