५० प्रतिशत अनुदानमा ‘बोयर’ पाठापाठी

 सोमवार, फाल्गुन ८, २०७९ | onlinenews

रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले बाख्रा जोन क्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा ‘बोयर’ जातका पाठापानी वितरण गरेको छ । बाख्रा पालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले परियोजनाले उन्नत जातका पाठापाठी वितरण गरेको हो ।
पशुपालन साथै कृषि, आलु, जुनार तथा सुन्तला जोन निर्धारण गरी कृषकमुखी काम गर्दै आएको परियोजनाले कृषि औजार तथा उपकरण पनि ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ । सोहीअनुसार नस्ल सुधार कार्यक्रम अन्तर्गत बाख्रा जोन क्षेत्रका किसानलाई ७५ प्रतिशत ‘बोयर’ जातका २२ वटा पाठा र ९ वटा पाठी वितरण गरिएको परियोजनाका सूचना अधिकारी बेदराज काफ्लेले जानकारी दिए ।
परियोजनाले सुनापति, खाँडादेवी र मन्थली नगरपालिकालाई बाख्रा जोन तोकेको छ । बाख्रा जोन क्षेत्रमा ब्यवसायिक बाख्रा पालन गरेका किसानलाई परियोजनाको मापदण्ड अनुसार अनुदानमा ‘बोयर’ जातका पाठापाठी वितरण गरिएको परियोजना प्रमुख थिरलाल गैरेले बताए ।

प्रतिकृया

Add