रामेछाप न.पा.७ मा वाइसीएल कमिटि गठन

 मङ्लबार, चैत्र २९, २०७३ | onlinenews

चैत्र २९, रामेछाप– रामेछाप नगरपालिका वडा नं. ७ मुगानमा नेकपा माओवादी केन्दको भातृ संगठन वाइसीएलको वडा कमिटि गठन गरेको छ । चुनावी परिणाम आफ्नो पक्षमा पार्न र पार्टीको जीत सुनिश्चित गर्न पार्टीलाई सहयोग गर्न कमिटि गठन गरिएको माओवादी केन्द्र रामेछापले जानकारी दिएको छ ।
वडा भेलाले प्रेम हायुलाई अध्यक्षयमा चयन गरेको छ । त्यसैगरी अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा– गीता हायु, सचिव– रिता हायु, सहसचिव– बलबहादुर श्रेष्ठ, कोषाध्यक्षमा–दिलमाया हायु चयन भएको छन् । त्यसैगरी समितिका सदस्यहरुमा प्रविण हायु, पुन बहादुर हायु, पूर्ण बहादुर हायु, झलक श्रेष्ठ, अर्जुन बस्नेत नारायण हायु, लिला श्रेष्ठ, कल्पना हायु, पार्वती हायु र माया हायु रहेका छन् ।
रामेछाप नगरपालिका वडा नं. ७ का वाइसिएल वडा ईञ्चार्ज सुसन मगरको प्रमुख आथित्यतामा सम्पन्न भएको भेलाको अध्यक्षता  नगर समिति सदस्य नरीमाया हायुले गरेकी थिइन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न पार्टीको नीति र निर्देशनको पूर्ण पालना गर्दै रचनात्मक सहयोग गर्ने नवगठित कमिटिका अध्यक्ष प्रेम हायुले जानकारी हाम्रो अनलाइनलाई बताए ।

प्रतिकृया

Add