मोतियाविन्दु शिविरमा ६४ जनाको शल्यक्रिया

 मङ्लबार, जेष्ठ २३, २०८० | onlinenews

रामेछाप– तामाकोसी अस्पतालमा सञ्चालन गरिएको २ दिने मोतियाविन्दु शल्यक्रिया शिविरमा ६४ जनाको शल्यक्रिया गरिएको छ । ५० जनाको मोतियाविन्दु शल्यक्रिया गर्ने लक्ष्य लिएर शिविर सञ्चालन गरिएकोमा ६४ जनाको शल्यक्रिया भएको तामाकोसी अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । मन्थली र रामेछाप नगरपालिकालाई लक्षित गरी शिविर सञ्चालन गरिएको भए पनि शिविर छ भन्ने थाहाँ पाएर अन्य पालिकाबाट समेत केही विरामीहरु आएको घिमिरेले बताए । शिविर तिलगंगा आँखा केन्द्रको प्राविधिक सहयोग तथा तामाकोसी अस्पताल र रामेछाप सामुदायिक आँखा केन्द्रको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो । घिमिरेले तीन÷तीन महिनामा शिविर सञ्चालन गरिने बताउँदै यो दोस्रो शिविर भएको पनि जानकारी दिए । सदरमुकाम बाहिर गएर शिविर सञ्चालन गर्दा निःशुल्क शल्यक्रिया गरिए पनि यो शिविरमा भने शुल्क लिइएको उनले बताए । मेशिनको प्रयोगबाट शल्यक्रिया गरिएको ७ हजार रुपैयाँ र मेशिनविना शल्यक्रिया गरिएको ४ हजार रुपैयाँ शुल्क लिइएको घिमिरेले बताए । अध्यक्ष घिमिरेका अनुसार यसअघि गाउँगाउँमै पुगेर मोतियाविन्दु पहिचान गरी छनोट भएका विरामीहरुलाई शिविरमा बोलाएर शल्यक्रिया गरिएको हो ।

प्रतिकृया

Add