अपर तामाकोशीले शेयर निष्काशन गर्दै

 मङ्लबार, साउन ९, २०८० | onlinenews

 दोलखा– अपर तामाकोशी हाईड्रोपावर लिमिटेड कम्पनीले यही साउन महिनाको तेस्रो साता हकप्रद शेयरको आवेदन खुलाउने भएको छ ।

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण गरेको अपर तामाकासी हाइड्रोपावरले साउन तेस्रो साता हकप्रद शेयर जारी गर्ने जनाएको हो । मंगलवार आयोजित सर्वपक्षिय बैठकमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले यस्तो जानकारी दिएका हुन् । कम्पनीले दोस्रो चरणमा निर्माण लक्ष्य लिएको रोल्वालिङ खोला जलविद्युत आयोजनाका लागि माथिल्लो तामाकोसीमा शेयर लगानी गरेका साविककै लगानीकर्ताहरुबाट १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयरको माध्यमबाट रकम संकलन गरी बित्तीय व्यवस्थापन गर्ने तयारी गरेकोे हो ।

सोही अनुसार रोल्वालिङ खोला डाइभर्सन सहित २१ मेघावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पूर्वाधारहरु निर्माण सहित प्रक्रिया अघि बढेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेड कम्पनीले जनाएको छ । कम्पनीले पटक–पटक ताकेता गरे पनि अझै दोलखाका १ लाख ९० हजार शेयर धनीले तामाकोसीको शेयर अभौतिकीकरण अर्थात आफ्नो डिम्याट खातामा ल्याएका छैनन् । अपर तामाकोशी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत गौतमले हालसम्म ८६ हजारले मात्रै शेयर आफ्नो नाममा ल्याएको जानकारी दिए ।

प्रतिकृया

Add