नवजागरण साकोसले मनायो रजत जयन्ती

 शनिबार, साउन १३, २०८० | onlinenews

 

रामेछाप- नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले २५ औं स्थापना दिवस तथा रजत जयन्ती विभिन्न कार्यक्रमहरु गरी मनाएको छ ।

नवजागतरण साकोसले रजत जयन्तीको अवसरमा संस्थाका भुतपूर्व अध्यक्ष झम्कबहादुर कार्कीलाई सम्मान गरेको छ । त्यसैगरी संस्था स्थापना भएको स्थान मन्थली नगरपालिका–२ मा रहेको ताम्रकौशिका आधारभूत विद्यालयल र बालकन्या आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै मन्थली नगरपालिका–२ का अध्यक्ष सुरेन्द्र कार्कीले वर्तमान समयमा सहकारीप्रति अतिरञ्जित हल्ला फैलाउने काम भइरहेकोमा ग्रामीण क्षेत्रमा संचालनमा रहेका सहकारी कतै नभाग्ने हुँदा ढुक्क हुन बचतकर्तालाई आग्रह गरे ।

त्यसैगरी मन्थली नगरपालिका–१ का अध्यक्ष होमप्रसाद पौडेलले सहकारीले सदस्यहरुको आर्थिक सबलीकरणको पक्षमा ठुलो सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा संस्थाका गतिविधिबारे अध्यक्ष श्यामकुमार थापाले जानकारी गराएका थिए । २५ वर्षअघि टेकानपुरका महिलाहरुले स्थापना गरेको उक्त सहकारी संस्थाले हाल मन्थली बजारमा कार्यालय राखेर बचत तथा ऋणको काम गर्दै आएको छ । संस्थाले मन्थली र रामेछाप नगरपालिका, लिखु तामाकोसी र खाँडादेवी गाउँपालिकालाई कार्यक्षेत्र बनाएर करिब ८ हजार सदस्यहरुका बिच बचत तथा ऋण परिचालन गर्दै आएको छ । संस्थाले हाल करिब ६६ करोडको कारोबार गर्दै आएको जनाइएको छ ।

प्रतिकृया

Add