उद्योग वाणिज्य सङ्घद्वारा २ दिने कर तालिम

 सोमवार, भदौ २५, २०८० | onlinenews

 

रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घले आफ्ना सदस्यहरुलाई २ दिने कर सम्बन्धी तालिम सञ्चालन गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको सहयोगमा रामेछाप उद्योग वाणिज्य सङ्घले शुक्रवार र शनिवार कर सम्बन्धी २ दिने तालिम आयोजना गरेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा जिआइजेटको प्राविधिक सहयोग र रामेछाप उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सञ्चालित तालिममा जिल्लाभरका ७० जना व्यवसायीहरुको सहभागिता रहेको रामेछाप उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत नवीन केसीले जानकारी दिए ।

कार्यकारी अधिकृत केसीका अनुसार २ दिने तालिममा व्यवसायको सम्पूर्ण हिसाबकिताब राख्ने, (डे–१, डे–२ र डे–३) कर विवरण भर्ने, अद्यावधिक गर्ने लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । त्यसैगरी व्यवसायीको सही तरिकाले हिसाब किताब राख्ने, करमा जरिवाना र मिसम्याचबाट बच्न व्यवसायीले ध्यान दिनुपर्ने कुराका बारे

मा समेत जानकारी दिइएको थियो । व्यवसायीले पान, भ्याट तथा कम्पनीमा काम गर्दा हुने फाइदा र अवसरका बारेमा पनि व्यवसायीलाई जानकारी दिइएको रामेछाप उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत केसीले जानकारी दिए ।
तालिम समापन कार्यक्रममा राजस्व विभागका निर्देशक तथा प्रवक्ता राजुप्रसाद प्याकुरेलले कर कार्यालयलाई त्रास हैन भरोसाको रुपमा बुझ्न आग्रह गरे । आफ्नो व्यवसायको हिसाब किताब व्यवस्थित रुपमा राखेमा करसँग डराउनु नपर्ने बताए । व्यवसायी फर्मको प्रत्यक्ष लेखा हेर्ने कर्मचारीलाई लक्षित गरी तालिम आयोजना गरिएको रामेछाप उद्योग वाणिज्य सङ्घ रामेछापका अध्यक्ष नवीनकुमार थापा मगरले बताए । व्यवसायको हिसाबकिताब सही तरिकाले राख्न नजान्दा व्यवसायीहरुले झन्झट व्यहोर्नु परेकाले व्यवसायीहरुको सहजताको लागि आयोजना गरिएको दुई दिने तालिम उपलब्धिमूलक भएको बताए । साथै उद्योग वाणिज्य सङ्घको उद्देश्य व्यवसायीहरुलाई सक्षम बनाउनु रहेको भन्दै आपूm सक्षम भएर व्यवसाय गर्न आग्रह समेत गरे । तालिमको सहजीकरण चार्टर एकान्टेन्ट लक्ष्मीप्रसाद लुइँटेल र रस्मिला महर्जनले गरेका थिए ।

 

प्रतिकृया

Add