रामेछापको सुनापतीमा बस दुर्घटना ७ घाइते

 बुधबार, भदौ २७, २०८० | onlinenews

 

रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । सुनापति गाउँपालिका–२ रजमनटारबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३ ख ५९६० नम्बरको यात्रुबाहक बस सुनापती गाउँपालिका–३ भलायखर्कमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा सुनापाती गाउँपालिका–२ का वर्ष ५० की मैच्याङ तामाङ, सुनापती गाउँपालिका–४ का वर्ष ६२ को धनबहादुर तामाङ, सुनापती गाउँपालिका–३ की वर्ष ७० की शुक्रमाया बि.क, वर्ष १० को पेम्बा तामाङ, वडा नं. २ की ६५ वर्षकी साइली तामाङ रहेकी छन् ।

त्यसैगरी दोरम्बा शैलुङ गाउँपालिका–५ का वर्ष ६० को मिनबहादुर थापामगर र ४ वर्षीय बालक विश्वास बिसङ्खे रहेका छन् । घाइतेहरु मध्ये दुई जनाको अवस्था मध्येम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारको लागि काभ्रेको धुलीखेल अस्पताल पठाइएको र बस चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।

प्रतिकृया

Add