पार्टीलाई विचारमा धारिलो बनाउँदै श्रम, सीप र उत्पादनसँग जोड्न मेरो उम्मेदवारी : ढुङ्गेल

 सोमवार, अशोज ८, २०८० | onlinenews

 

नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन हुँदै छ । केन्द्रीय राजधानी समेत यहि प्रदेशमा रहेको हुँदा यसलाई महत्वका साथ हेरिन्छ । लोकतन्त्रमा विश्वास राख्ने पार्टी नेकपा एमालेमा यो प्रदेशको नेतृत्व कसले सम्हाल्ला भन्ने विषय चर्चामा छ । केही नेताहरूले सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गरेका छन् भने केही घोषणा तयारीमा छन् । यसैक्रममा अध्यक्ष पदमा उमेदवारी घोषणा गर्नु भएका नेकपा एमालेका नेता एवम् अध्यक्ष पदका दर्बिला उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलसँग हाम्रो अनलाइनले गरेको कुराकानीको सम्पादित अंश :

नेकपा एमालेको तर्फबाट बागमती प्रदेशमा तपाइँको उम्मेदवारी किन र केका लागि ?

अधिवेशन उद्घाटनको तयारी आज छ । उम्मेदवारी दिने त भोली विहान हुन्छ । हो, म उम्मेदवारी दिनुपर्छ भने मान्यतामा पुगेको छु । मेरो मान्यताले भरगरेमा बागमतीमा के गर्छु भने वर्तमान अवस्थालाई बुझ्दा एमालेप्रतिको गत निर्वाचनमा बागमती प्रदेश भित्रको सङ्घ प्रदेशको निर्वाचनमा हाम्रो अवस्था जे थियो, त्यसलाई माथि उकास्न, पार्टीलाई बैचारिक र धारिलो बचाउन, पार्टीलाई श्रम, सीप र उत्पादनसँग जोड्न, पार्टीलाई बर्ग समुदायमा आधारीत पार्टी बनाउनको लागि मेरो उम्मेदवारी हुन्छ ।

निर्वाचनमा यहाँको प्रतिस्पर्धा कस्तो होला ?

हाम्रो पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा हुँदैन । डेमोक्रेसीमा स्वच्छ प्रतिस्पर्धा नै हुन्छ, चुनाव हुन्छ । निर्वाचन नभए आमसभामा सर्वसम्मतिले तोक्न पनि सक्छ । दुइवटै पद्धतिलाई उतिकै महत्व दिएका छौँ ।

 मतदाताहरुसँग तपाईको भेटघाट त भएको होला, के छ अवस्था ?

मतदाता झण्डै मतदाता १ हजार ३ सय जना छन् । मतदाताहरु भर्खर हिजोदेखि आउने क्रममा छन् । सबैजना आज उदघाट्न सत्रमा आइपुने छन् । त्यसपछि एक दुई जना गरेर भेट्न त सम्भावना कमै हुन्छ । तैपनि क्लस्टरको हिसाबले सबैसँग सम्पर्कमा हुन्छु ।

यहाँ विकासप्रेमी नेताको रुपमा चिनिनु भएको छ । नेकपा एमालेभित्र प्रभावशाली नेताको रुपमा स्थापित भइसक्नु भएको हिसाबले मतदाताहरु त तपाईकै पक्षमा होला नि ?

सायद तेहि भएर होला त्यसको आशा र विश्वासले गर्दा मेरो उम्मेदवारी हो ।

बागमती प्रदेशको नेतृत्व यहाँले पाउनुभयो भने बागमती प्रदेशभित्र कस्तो एमाले परिकल्पना गर्नुभएको छ ?

बागमती प्रदेश आफैँमा सबै प्रदेशभित्रको सेन्टरको प्रदेश हो । सरकरी गैरसरकारी साथै सम्पूर्ण पार्टीको उपरीसंरचना यहि रहेकाले विदेशीको नजरमा पनि नेपाल कस्तो छ, भन्यो भने पहिलो नजर काठमाडौँमा पर्न आउँछ । यहाँको अवस्था हेरेर अरु प्रदेशको अवस्था कस्तो छ भन्ने धारणा बन्छ । यहाँ चुनैतीहरु अझै धेरै छैनन् । साथै अवसर पनि उत्तिकै छ । चुनैती र अवसरलाई सन्तुलनकारी बिचार बाडेर अगाडि बढाउन सकियो भने बागमती प्रदेशलाई मेरो नेतृत्वले एक नम्बर पार्टी बनाउन सकिन्छ भने मेरो विश्वास छ ।

बागमती प्रदेश सरकारमा एमाले प्रतिपक्षको भूमिकामा छ । यहाँले नेतृत्व सहमाल्दै गर्दा सरकारमा एमालेको भूमिका कस्तो रहन्छ ?

अहिले अङ्क गणितीय हिसाबले संसदीय व्यवस्था बमोजिम हामी प्रतिपक्षमा छौँ । यो प्रतिपक्ष भनेको संविधानले र आवधिक निर्वाचनले व्यवस्था गरेअनुसार हुन्छ । हामी सँधै प्रतिपक्षमा हुन्छौँ भन्ने पनि हुदैन । फेरि नियमित चुनाव हुदाँ मिसन ०८४ आइनै सकेको छ भन्दा हुन्छ । यो बिचमा त्यस्तो मिराकुलस डेभलपमेन्ट र राजनीति समीकरणमा तलमाथी हुदाँ एउटा लोकतान्त्रिक पार्टी सरकारमा जान सक्छ अथवा प्रतिपक्षमा बस्न सक्छ भन्ने कुरामा नजरअन्दाज गर्न सकिँँदैन ।

भनेपछि सत्ता गठबन्धन हेरफेरको सम्भावना देखिन्छ ?

हुनसक्छ पोलिटिक्स हो, त्यसमा विशेषगरी लोकतान्त्रमा विश्वास राख्ने पार्टी एमाले र काँग्रेसको बिचमा त्यस्तो हुन पनि सक्छ । त्यस्तो रह्यो भने यसलाई नकारात्मक भन्न सकिदैन ।

नेतृत्व चयनमा सहमति हुने सम्भावना कत्तिको छ ?

सहमति हुने सम्भावना ७० प्रतिशत छ । ३० प्रतिशतमा चाहिँ निर्वाचन पनि हुन सक्छ ।

भनेपछि निर्वाचन हुने सम्भावना पनि उत्तिकै छ ?

छ, निर्वाचन पनि हुन्छ । सबै सदस्यमा सबै सहमत कहाँ हुन्छन् र । सहमति केही पदमा हुन्छ । सबै पदमा नहुन सक्छ त्यसैले निर्वाचन हुने सम्भावना पनि उत्तिकै छ ।

अध्यक्ष पदका आकांक्षीहरु कति छन् ?

आकांक्षी धेरै छैनन् । अध्यक्ष पदको आकांक्षी दुई तीन जना हुने हो । त्यसमा पनि अन्तिममा दुई जनाको बिचमा प्रतिस्पर्धा हुनसक्छ ।

अन्तमा मतदातालाई केही भन्न चाहनु हुन्छ ?

हाम्रो पार्टीभित्र १३ वटा जिल्ला, एक सय उन्नाइस पालिकाबाट नेकपा एमालेको ऐतिहासिक बागमती प्रदेशको अधिवेशनमा आउनुहुने सम्पूर्ण मतदाता नेता कार्यकर्ताहरुलाइ हार्दिक अनुरोध छ । सोच्छ प्रतिस्पर्धा र सोच्छ तरिकाले अधिवेशन सक्ने र सबैलाई हार्दिक शुभकामना छ । यहाँहरुको एउटा माया ममताले पार्टीलाई अगाडि बढाउने कुरामा आतुर छौँ । हामी सबै एकजुट छौँ । सबै मिलेर अधिवेशन सम्पन्न गराउँछौ, यही भन्न चाहन्छु ।

प्रतिकृया

Add