मन्थली साकोसले राज्यले गर्ने काम गरेको छ : खड्का

 शनिबार, अशोज २७, २०८० | onlinenews

 

रामेछाप- जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले मन्थली बचत तथा ऋण सहकारी संस्थाले राज्यले गर्ने काम गरेको बताइन् । जिल्लाको आर्थिक, सामाजिक क्षेत्र साथै विकास निर्माणमा मन्थली बचत तथा ऋण सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको प्रमुख खड्काको भनाइ छ ।

मन्थली बचत तथा ऋण सहकारी संस्थाको २६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । केही सहकारी संस्थाहरुले बद्मासी गरेको कुरा आएको भन्दै नागरिकले दुःख र पसिना बगाएर जम्मा गरेको पैसामा लापर्बाही नगर्न पनि खड्काले आग्रह गरिन् । समस्या आएमा जिल्ला समन्वय समिति प्रमुखको हैसियतले समस्या समाधानका लागि छलफल गर्न आपूm सधैँ तयार रहेको भन्दै आवश्यक परे समन्वय गर्न आग्रह गरिन् । कतिपय समस्याहरुमा संस्था बाहिर बसेर पनि छलफल गर्नुपर्नेे भन्दै आफू संस्थागत रुपमा वा बाहिर बसेर जुनसुकै तवरले पनि समस्या समाधानका लागि छलफल गर्न तयार रहेको बताइन् ।
मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले मन्थली नगरपालिकामा केही सहकारीहरुले बद्मासी गरेको विषयमा उजुरी परेको बताए । जगदीश घिमिरे नभइदिएकोे भए रामेछाप जिल्लाको सहकारी क्षेत्रमा यति विकास हुने थिएन भन्दै नगरप्रमुख श्रेष्ठले भने– रामेछापको सहकारी क्षेत्र यो स्तरको विकास हुनुमा जगदीश घिमिरको योगदान महत्वपूर्ण रहेको बताए ।

मन्थली नगरपालिकाले सहकारी क्षेत्रको विकासका लागि काम गरिरहेको पनि श्रेष्ठले बताए । सरकारले स्थानीय सरकारलाई पनि सहयोग प¥याएको भन्दै कानुन र विधिमा रहेर कार्य सञ्चालन गर्न सहकारीहरुलाई आग्रह समेत गरे ।
स्थानीय सरकारले सहकारी क्षेत्रको लागि केही पनि गरेन भन्ने गुनासोहरु आउने गरेको भन्दै गुनासो मात्र गर्ने नभई आफ्नो दायित्व र कर्तव्यप्रति जिम्मेवार भएर लाग्न पनि उनले आग्रह गरे । सहकारी क्षेत्रमा समस्याहरू देखा पर्न थालेको पनि उनको भनाइ छ ।

सहकारी क्षेत्रका छाता संस्थाहरुको भूमिका प्रभावकारी नदेखिएको भन्दै सहकारी क्षेत्रको विकासका लागि स्थानीय सरकारलाई मात्र दोष दिनु भन्दा सहकारी क्षेत्रमा देखा परेका समस्या समाधानका लागि जिम्मेवार ढङ्गले लाग्ने आग्रह गरे ।
त्यस्तै रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले रामेछाप नगरपालिकाले सहकारी क्षेत्रको प्रवर्धनका लागि काम गर्दै आएको बताए । रामेछाप नगरभित्र रहेका सहकारी संस्थाका सञ्चालकहरुलाई नगरले सहकारी प्रवद्र्धन सम्बन्धी तालिम दिंदै आएको बताए । स्थानीय सरकार सहकारी संस्थासँग सहकार्य गरेर अघि बढ्न तयार रहेको भन्दै आफ्नो सेयर सदस्यको हितमा काम गर्न सहकारीहरुलाई आग्रह गरे । सेयर सदस्यहरुको हितमा काम गरेमात्र सहकारी उँभो लाग्ने उनको भनाइ छ ।

जिल्ला बचत तथा ऋण सहकारी सङ्घ रामेछापका अध्यक्ष जिएन दाहालले खराब ऋणी सदस्यहरुकै कारण संस्थाले ब्राण्ड प्राप्त गर्न नसकेको बताए । सहकारीबाट ऋण लिएका सदस्यहरुलाई समयमै ऋण तिर्न र ऋणको सही सदुपयोग गर्न पनि उनले आग्रह गरे ।

प्रतिकृया

Add