अस्पताललाई खसी, प्राविधिकलाई बोका

 शनिबार, अशोज २७, २०८० | onlinenews

 

रामेछाप- नेपाल खेलकुद महासङ्घ रामेछापको आयोजनामा सञ्चालित ३० वर्ष माथि उमेर समूह फुटबल प्रतियोगिताको उपाधी मन्थली अस्पताको टिमले जितेको छ । पेनाल्टीबाट मन्थली अस्पताल समूहले १ गोल अन्तरमा रामेछाप जिल्ला प्राविधिक टिमलाई हराउँदै प्रथम स्थान हासिल गर्न सफल भएको हो । पेनाल्टी अन्तर्गत अस्पताल समूहका खेलाडी वसन्त घिमिरेले हानेको गोलले अस्पताल समूहरुलाई विजयी बनाएको थियो । प्रतियोगितमा प्रथम भएको अस्पताल टिमले पुरस्कार स्वरुप खसी प्राप्त गरेको छ ।

मन्थलीको तीनलाल पार्कमा सञ्चालन भएको खुल्ला पुरुष फुटबल प्रतियोगितमा प्रथम हुने टिमले खसी र प्रमाण पत्र प्राप्त गरेका छन् भने द्धितीय टिमले बोका र प्रमाण पत्र तथा तृतीय हुने रामेछाप ३० समूह र न्यू स्टार युवा क्लब कुनौरीले कुखुराको भाले पाएका छन् ।

महासङ्घले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुक्रवार र शनिवार दुई दिन सञ्चालन गरेको प्रतियोगितामा ३० वर्षमाथि उमेर समूहका खेलाडीहरूलाई मात्र सहभागी गराइएको थियो ।

प्रतिकृया

Add