कृषि बिमाप्रति उदास किसान

 बिहिबार, कार्तिक १६, २०८० | onlinenews

 रामेछाप- बिमा दाबी प्रक्रिया झन्झटिलो भएको कारण कृषि बिमाप्रति किसानहरु उदास बनेका छन् । बालीनाली र पशुपालनमा किसानले व्यहोर्नु पर्ने सम्भावित क्षतिको जोखिम कम गर्न सरकारले कृषि बिमा कार्यक्रम लागू गरेपनि बिमा दाबी प्रक्रिया झन्झटिलो भएकाले बिमाप्रति किसानको विकर्षण बढेको छ ।
बिमाङ्कको ८० प्रतिशत रकम सरकारले व्यहोर्ने भएपनि झन्झटिलो प्रक्रियाका कारण कृषि बिमाप्रति किसानको चासो कम भएको हो । बिमा गर्दा विमाङ्कको ८० प्रतिशत सरकारले व्यवस्था गर्ने छ भने २० प्रतिशत किसानले बेहोर्नु पर्नेछ । बिमा सम्झौता अवधिभित्रै कृषि क्षति भएमा बिमा कम्पनीले अधिकतम ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने छ । तर क्षतिपूर्तिका लागि किसानले पाउने रकमभन्दा बढी खर्च गर्नुपर्ने झन्झटिलो प्रक्रिया रहेको किसानहरुको गुनासो छ ।

प्रतिकृया

Add