रामेछाप र सिन्धुली तेस्रो राष्ट्रिय माझी गोल्ड कपको फाइनलमा

 सोमवार, कार्तिक २०, २०८० | onlinenews

 

रामेछाप- सिन्धुली जारी तेस्रो राष्ट्रिय माझी गोल्ड कप प्रतियोगितामा रामेछाप र आयोजक सिन्धुली जिल्ला फाइनमा प्रवेश गरेका छन् ।
सोमवार भएको खेलमा सुनसरीलाई १–० गोलले हराउँदै रामेछाप फाइनलमा प्रवेश गरेको नेपाल माझी उथान सङ्घ रामेछापका प्रचारप्रसार संयोजक बालकृष्ण माझीले जानकारी दिए । रामेछापका नवीन माझीले खेलको ५१ औँ मिनेटमा हानेको गोलले रामेछापलाई फाइनल खेलमा पुर्याएको हो ।

आइतवार भएको खेलमा रामेछापले बारा जिल्लालाई हराएका थिए । नेपाल माझी उथान सङ्घ सिन्धुलीको आयोजनामा यही कार्तिक १३ गतेदेखि जारी प्रतियोयितको तेस्रो स्थानका लागि मङ्गलवार विहान ८ बजे सिन्धुपाल्चोक र सुनसरीबिच खेत हुने आयोजक संस्थाले जनाएको छ । त्यसैगरी गरी मङ्गलवार दिउँसो २ फाइनल खेल हुने छ ।

प्रतियोगितामा प्रथम हुन टिमले २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यसैगरी दोस्रो हुने टिमले १ लाख ३२ हजार २ सय २२ नगदसहित कप, मेडल र प्रमाणपत्र पाउने छ भने तेस्रो हुने टिमले ६६ हजार ६ सय ६६ रुपैयाँ नगद कप, मेडल र प्रमाणपत्र पाउने छ ।

त्यसैगरी म्यान आफ दि म्याच घोषित हुनेले १५ हजार नगद र ट्रफी, गोल स्कोररले १० हजार नगद, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट मिडफिल्डरले नगद १० हजार, ट्रफी र प्रमाणपत्र पाउने छ । त्यसैगरी उत्कृष्ट फरवार्ड र उत्कृष्ट स्ट्राकरले पनि १० हजार रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।

प्रतिकृया

Add