सिडिएसको २२ औँ साधारण सभा

 बिहिबार, कार्तिक २३, २०८० | onlinenews

तिलक कार्की


रामेछाप–सामुदायिक विकास समाज (सिडिएस) मन्थली, रामेछापको २२ औँ साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष ०७९/०८० को प्रगति, लेखा परीक्षण प्रतिवेदन, आगामी वार्षिक योजना तथा विभिन्न नीतिगत निर्णय गर्दै सम्पन्न भएको हो ।

दातृ निकाय पिएसएफ लक्गेम्वर्गका अध्यक्ष कमिल ग्रसको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा सचिव तथा स्वयम्सेवक मार्क, टिडिएच जर्मनीकी देशीय संयोजक मोनी श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष अनिल थोकर तामाङले स्वागत गरेका थिए । सिडिएसका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले आ.व ०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व ०८०/०८१ को वार्षिक योजना तथा बजेट प्रस्तुत् गरेका थिए ।

संस्थाका अध्यक्ष दीपक घिसिङको अध्यक्षतामा सम्पन्न साधारण सभामा १ दशक लामो समयसम्म सहयोग गर्ने दातृ निकाय पिएसएफ लक्जेम्वर्ग र टिडिएच जर्मनीलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । सो कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पिएसएफ लक्गेम्वर्गका अध्यक्ष कमिल ग्रसले नेपालमा स्वास्थ्य क्षेत्रको विकासमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । विशेष अतिथि मार्कले साझेदार संस्थाको लगाव, सञ्चालन गरेका कार्यक्रम, प्राप्त उपलब्धी, सफलता, लक्षित समुदायको सेवाप्रतिको सन्तुष्टि, सरोकारवाला निकायको सद्भाव, सहयोग, समर्थन र सहकार्यले आफू उत्साहित भएको बताए । लक्जेम्वर्ग सरकार, आफ्नो संस्था र वित्तीय सहयोग गर्ने संस्थाले भ्याएसम्म नेपालमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

टिडिएच जर्मनीकी देशीय संयोजक मोनी श्रेष्ठले महिला, बालबालिका तथा युवाको सशक्तीकरण, स्वास्थ्य र सरसफाइको अवस्थामा भएको सुधारले आफू उत्साहित रहेको प्रतिक्रिया दिइन । शुभकामना मन्तव्यको क्रममा श्रेष्ठले संस्थाको इमान्दारीता, विश्वासनीयता एवम् कार्यप्रतिको प्रतिवद्धताले एक दशक लामो साझेदारी भएको बताइन ।

सभाले ११ जना नयाँ प्रारम्भिक साधारण सदस्य समेत स्वीकृत गरेको छ । जसमा उत्तममणी ढुङ्गाना, कपील सैँजु, सुमन बोहरा, कृष्णबहादुर श्रेष्ठ, लक्ष्मी तामाङ, टकबहादुर घतानी, विपना बस्नेत, विमला माल्बुके, विकास लामा, प्रजिना श्रेष्ठ र रोहित मोक्तान रहेका छन् । साधारण सभाको सहजिकरण सचिव बलराम लामाले गरेका थिए ।

प्रतिकृया

Add