पति जीवित हुँदै एकल भत्ता बुझेपछि…

 शनिबार, मंसिर ९, २०८० | onlinenews

रामेछाप– पति जीवित मात्र हैन, कानुन कार्यान्वयन गर्ने जिल्लाको मुख्य कार्यालय जिल्ला प्रशासन कार्यालयमा रोजगारीमा रहेको अवस्थामा उनको मृत्यू दर्ता प्रमाण पत्र बनाई एकल भत्ता खाने मन्थली २ की निर्मला खत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनी कारवाहीको लागि शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले खत्रीको कागज बनाई सरकारी रकम दुरुपयोग गर्नमा सहयोग गरेको भन्दै तत्कालीन वडा सचिव शिवकुमार महतो विरुद्ध पनि मुद्दा दायर गरेको छ । सचिव महतोले खत्रीलाई एकल महिलाको परिचय पत्र बनाई ४५ हजार २ सय २० रुपैयाँ भत्ता उपलब्ध गराएका थिए । अख्तियारले उक्त रकम असुल गरी कानुन बमोजिम कारवाहीको माग गरी मुद्दा दायर गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा लामो अवधिदेखि कार्यालय सहयोगीको काम गर्दै आएका रामबाबु खत्रीले श्रीमती निर्मला खत्रीलाई उक्त कागजात बनाएर एकल भत्ता लिन लगाएका थिए । आपूm जिल्ला प्रशासन कार्यालयमा रहेकाले कुनै निकायले कारवाही गर्न नसक्ने उनको आशा थियो । तर एक कान दुई कान हुँदै जब जिल्ला प्रशासन कार्यालयमा उक्त कुरा पुग्यो खत्री आत्तिए । उनलाई तत्कालीन प्रमुख जिल्ला अधिकारीले बोलाएर उक्त घटनाका बारेमा सोधपुछ गर्दा खत्रीले उक्त कुरा स्वीकार गरेका थिए । त्यसपछि प्रशासनले खत्रीलाई तत्काल माथिल्लो निकायमा भनेर कारागार कार्यालयमा सरुवा गरेको थियो । कारागारमा हाजिर हुनासाथ खत्रीले पेन्सन पाकेको जागिर जाने डरले राजीनामा गरी पेन्सन पट्टा बनाएका थिए ।

खत्रीले राजिनामा गरेपछि घटना स्थानीय सञ्चार माध्यमबाट सार्वजनिक भएको थियो । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त घटनाको कागजात झिकाएर अनुसन्धान अघि बढाएको थियो ।

प्रतिकृया

Add